फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी - KHASOKHAS

फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी

नेपालको टीपीएस अवधि समाप्त नगर्न माग गर्दै तीनजना नेपालीहरुका तर्फबाट अमेरिकाको अदालतमा सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको हो ।

या मुद्दाका बादीहरुलाई दक्षिणी क्यालिफोर्नियामा रहेको एसीएलयु, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस एसियन ल ककस, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस लस एन्जलस, द नेशनल डे लेबोरर अर्गनाइजिङ नेटवर्क, सिड्ले अष्टिन लगायतका संस्थाहरुले प्रतिनिधित्व गरेका छन् । नेपालीका तर्फबाट मुद्दा दायर गराउनमा नेपाली र नेपाली भाषी आप्रवासीको अधिकारको पक्षमा कृयाशिल संस्था अधिकारले विशेष पहल गरेको थियो । नेपालीका तर्फबाट बादी रहेका भट्टराई अधिकारका सदस्य हुन् ।

एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर

नेपालका साथसाथै होण्डुरसका तर्फबाट पनि टीपीएस अन्त्य नगर्न माग गर्दै मुद्दा दायर गरिएको छ । नेपाली र होण्डरनका तर्फबाट दायर गरिएको संयुक्त मुद्दामा ६ जना बयस्क र २ जना उनीहरुका अमेरिकन नागरिक बच्चाहरु बादी रहेका छन् ।

अमेरिकन होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन नेल्शनबिरुद्ध दायर गरिएको उक्त मुद्दाको नाम भट्टराईबिरुद्ध नेल्शन रहेको छ । जातिगत आधारमा प्रेरित भएर नेपाल र होण्डुरसको टीपीएस सुविधा हटाइएको र त्यसो गर्दा प्रशासनिक कार्यविधि ऐन उल्लंघन भएको मुद्दामा दावी गरिएको छ ।

निकारागुवा, हैटी, सुडान, एल साल्भाडोरको टीपीएस अन्त्य नगर्न अदालतले आदेश दिएको सन्दर्भमा यी देशका सन्दर्भमा लागु भएको कानुनका आधारमा नेपाल र होण्डुरसको टीपीएस खारेज गर्दा अन्याय हुने दावी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो ।

सोमवार, माघ २८, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com