स्वर्ण पदक विजेता महेश्वर महर्जन १ लाख १ हजार नगदसहित सम्मानित


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

नेपाल स्क्वास -याकेट्स संघले १० औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् । थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारी रिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जित्दै इतिहास रचेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् ।महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच नगद १ लाख १ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

उता त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरेका छन् । दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष प्रकाशमान सिंह र प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे ।वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो ।

शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो ।पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कास्य पदक हात पारे ।५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते । सोहि समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रो भए ।आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे ।

प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कास्य पाए ।पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे । त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए।पु लिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते ।आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कास्य पदकमा चित्त बुझाए ।६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सिमित भए ।७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दिपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रो भए ।आर्मीका रवी सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउण्डमा नै नकआउट गरे ।प्रदेश ७ का हिक्मत बहादुर शाही र प्रदेश ४ का सुसन पुनले कास्य पदक प्राप्त गरे ।वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म वसन्तपुर डबलीमा चलेको प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com