मेयर शाक्यद्वारा नगरपालिकालाई १-१ करोड रकम हस्तान्तरण


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

। काठमाडौं महानगरपालिकाले मातहतका नौं वटा नगरपालिकालाई १–१ करोड रकम हस्तान्तरण गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मातहतका नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १-१ करोड रकम हस्तान्तरण गर्नु भएको हो ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम महानगरपालिकाले मातहतका सबै नगरपालिकालाई हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनु भयो ।

उहाँले सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको जानकारी दिनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौंता अनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।

सूचना अधिकारी आचार्यले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौडामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने समझदारीसहित चालू आर्थिक वर्षको बजेटबाट सबै नगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको पनि जानकारी दिनु भयो ।

सम्झौता अनुसार महानगरपालिकाले हरेक वर्ष सो परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ । दिइएको बजेट तोकिएको परियोजनामा खर्च नगर्ने नगरपालिकाले महानगरपालिकालाई व्याजसहितको रकम बुझाउनुपर्ने सर्त छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले सबै नगरपालिकासँग सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम नै संचालन गरेको पनि स्पष्ट पार्नु भयो ।

काठमाडौं महानगरपालिकाले यस अघि नै टोखा नगरपालिकालाई १ करोड रकम हस्तान्तरण गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com