ग्रयामी नोमेनेटेड कलाकार अमेरिकी अध्यागमनको हिराशतमा, देशनिकाला गरिदै


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

ग्रयामी नोमेनेटेड र्यापर ट्वान्टी वान स्याभेजलाई अमेरिकी अध्यागमन हिराशतमा राखिएको छ । उनलाई आइतबार एटलान्टामा पक्राउ गरेर आइसको हिराशतमा राखिएको हो ।

आइसका प्रवक्ताका अनुशार साया बिन अब्राहम जोसेफ वास्तविक नाम भएका ती कलाकारलाई देशनिकालाको प्रकृयामा राखिएको छ । सन् २००५ मा अमेरिका आएका बेलायती नागरिक जोसेफको भिसा सन् २००६ को जुलाईमा सकिएको थियो ।

सन् २०१४ को अक्टोबरमा उनले जर्जियामा लागुऔषध सम्बन्धि अपराध गरेकोमा दोषी ठहर गरिएको थियो । अहिले उनलाई नियन्त्रणमा लिएर संघीय अध्यागमन अदालतमा मुद्दा दायर गरी देशनिकालाको प्रकृयामा राखिएको छ ।

आगामी फरबरी १० मा हुने ग्रयामीमा दुईवटा अवार्डका लागि उनी नोमिनेशनमा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com