चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ।पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।