अनशन २३ औं दिनमाः डा. केसीले औषधि लिन मानेनन्, सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन
प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार
Dr. Govinda K.C., who is on a hunger strike, lies on a hospital bed at Teaching Hospital in Kathmandu, Nepal, Wednesday, April 1, 2015. Thousands of doctors in Nepal have stayed away from their work at clinics and hospitals to support the doctor who has been on a hunger strike for the past 10 days demanding reforms in medical education and services. (AP Photo/Niranjan Shrestha)
१५ औँ अनशनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेको छ । पटक–पटकको अनशनको कारण केसी यसपटक झनै गलेको चिकित्सकले बताएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
दुई दिनयता औषधिसमेत खान नमान्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको हो । मंगलबारदेखि छाती दुख्ने समस्या बढेको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरुले दिएको बताए ।
सरकार प्रवक्ता भन्छन्– वार्ता गर्नुपर्ने अवस्था छैन
अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्नुपर्ने अवस्था सरकारले देखेको छैन । केका लागि वार्ता गर्ने, औचित्य पनि हुनुपर्छ । विगतका माग पूरा गराउन अनशन बसेका हुन्, माग पूरा भइसकेको छ, उनलाई धन्यवाद ।
रिले अनशनका नाममा निजी अस्पताल पोस्ने काम चिकित्सकले गरिरहेका छन् । हामी अहिले चर्को स्वरमा बोल्ने पक्षमा छैनौँ, केबल अनुरोध छ ।





