राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्क प्रमुखमा राई सर्बसम्मत, तोडियो सचिव आउने प्रचलन


प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा परराष्ट्र मन्त्रालयका सचिव आउने प्रचलन तोड्दै सरकारले सहसचिव अमृत राईलाई पठाउने पक्का भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिले राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

गत पुस २७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो । दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाइएका राई अब छिट्टै न्युयोर्क आउने भएका छन् ।

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन रहेपनि सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने इच्छा व्यक्त गरेपछि राईले अवसर पाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा राईलाई न्यूयोर्कको स्थायी प्रतिनिधि बनाइएको हो ।

राई परराष्ट्र मन्त्रालयभित्र काबिल सहसचिवका रुपमा चिनिन्छन् । यसअघि सरकारले स्थायी नियोगका तत्कालिन प्रमुख दुर्गाप्रसाद भट्टराईलाई साउनमा फिर्ता बोलाएको थियो । उनी अवधि सकिएर पनि बसिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राईले यस अगाडि पनि न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा काम गरेका थिए । उनी अमेरिकामा रहेको नेपाली समुदायमाझ निकै लोकप्रिय समेत थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com