डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु रिले अनसनमा


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन ।

चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगंजस्थित शिक्षण अस्पताल हाता भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै सोही स्थानमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन ।

नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको रिले अनसन सोमबार बिहान १० बजेबाट सुरु गरिएको हो । वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन ।

उनीहरुले डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । हाललाई अस्पतालको सेवालाई असर नपर्ने गरी उनीहरुले बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म रिले अनसन सुरु गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिए । रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवाभने अवरोध नगर्ने चिकित्सकहरुको भनाई छ ।

तर डा. केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उनको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने पनि संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ । संघले डा. केसीको यस अघिको आमरण अनसनमा पनि साथ दिँदै आएको छ ।

सरकारले आफूसँग भएको सहमति विपरित संघीय संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि वरिष्ठ चिकित्सक केसीले आमरण अनसनलाई निरन्तरता दिने जनाउनु भएको छ । तर उहाँको स्वास्थ्य अवस्था भने झनै जटिल बन्दै गईरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com