कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक


प्रकाशित मिति : १२ माघ २०७५, शनिबार

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।

यो वर्षको परिक्षा वि.सं. २०७५ फाल्गुन २२ गते देखि सुरु भएर चैंत्र महिनाको तीन गते सकिने भएको छ । परिक्षाको सुरुको दिन अर्थात फाल्गुन २२ गतेका दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा संचालन गरिने हिसानले जानकारी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com