अमेरिकी राष्ट्रपति ओबामाकी छोरी साशाको पार्टटाइम काम रेष्टुरेण्टमा


प्रकाशित मिति : श्रावण २२, २०७३ शनिबार

 

अमेरिकी राष्ट्रपति बराक ओबामाकी छोरी साशा ओबामाले ह्वाइट हाउसको सुखसयल एउटा अमेरिकी रेष्टुरेण्टसँग साटेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । १५ बर्षकी साशाले मासाचुसेट्समा रहेको एउटा रेष्टुरेण्टमा समर जबका रुपमा पार्टटाइम काम गरेको बोष्टन हेराल्डले जनाएको छ ।

साशाले रेष्टुरेण्टमा काम गरिरहदा ६ जना सेक्रेट सर्भिसका एजेण्टहरुले उनलाई सुरक्षा दिएका थिए । फोटोग्राफरहरुले खिचेको तस्विरमा साशाले रेष्टुरेण्टको निलो टिसर्टमा काम गरिरहेको देखाइएको छ । उनका एकजना सहकर्मीले साशाले रेष्टुरेण्टमा काम गर्दा उनलाई अरु ६ जनाले सघाएकोमा आफूहरु आश्चर्यचकित भएको तर पछि सघाउनको कारण थाहा पाएको अर्थात् उनी बराक ओबामाकी छोरी भएको थाहा पाएको बताएका थिए ।

साशालाई सघाउने ६ जना सेक्रेट सर्भिस एजेण्ट थिए । ह्वाइट हाउसले साशाले रेष्टुरेण्टमा काम गरेको बारे केही प्रतिकृया नजनाएपनि मिशेल ओबामाले आफ्ना छोरीहरुलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको बताएकी थिइन् ।

तस्विर : ट्वीटर, एपी 

श्रोत : बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com