शटडाउन अन्त्यका लागि तीनबर्ष टीपीएस थप्ने ट्रम्पको प्रस्ताव, यस्ता छन् अरु ४ प्रस्ताव


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

सरकार शटडाउन अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट्सहरुलाई विभिनन ६ अफरहरु दिएका छन् । आज दिउसो गरेको विशेष सम्बोधनका क्रममा ट्रम्पले डाका, टीपीएस लगायतका विषयमा अफरहरु दिएका हुन् । तर त्यसका लागि डेमोक्रयाट्सहरुले सिमानामा पर्खाल बनाउन सहमत जनाउनु पर्नेछ ।

ट्रम्पले डाका कार्यक्रमले समेटेका बाल्यकालमा अमेरिका आएका ७ लाख कागजपत्रविहिनहरुलाई वर्क परमिट, सोसल सेक्युरिटी नम्बर र देशनिकालाबाट संरक्षण प्रदान गरेर तीन बर्षका लागि राहत प्रदान गर्ने प्रस्ताव अगाडि सारेका छन् । अमेरिकामा डाका कार्यक्रमबाट राहतप्राप्त नेपालीहरु ६० जना छन् ।

ट्रम्पको अध्यागमन प्रस्ताव स्थायी समाधान नभएको भन्दै डेमोक्र्याट्सहरूबाट तत्काल अस्वीकार

त्यस्तै ट्रम्पले टीपीएस सकिदै गरेका मुलुकहरुका लागि तीनबर्षका लागि टीपीएस थप्ने प्रस्ताव ल्याएका छन् । नेपालको टीपीएस अवधि आगामी जुनमा समाप्त हुँदैछ । टीपीएस कार्यक्रमबाट झण्डै ९ हजार नेपालीहरु लाभान्वीत रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले मानवीय कार्यक्रमका लागि ८ सय मिलियन डलरको प्रस्ताव समेत ल्याएका छन् । ड्रग डिटेक्सन प्रविधिका लागि ट्रम्पले ८ सय ५ मिलियन डलरको प्रस्ताव ल्याएका छन् ।

ट्रम्पले २७५० जना सिमा सुरक्षा अधिकारी र कानुन कार्यान्वयन अधिकारीहरु थप्ने प्रस्ताव समेत ल्याएका छन् । अमेरिकी अध्यागमन अदालतमा रहेको ब्याकलग अन्त्यका लागि ७५ जना नयाँ न्यायाधिसहरु थप्ने प्रस्ताव समेत ट्रम्पले ल्याएका छन् । अमेरिकी अध्यागमन अदालतमा झण्डै ४ हजार नेपालीका केसहरुको फैसला हुन बाँकी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com