प्रतिपक्षी दल निर्वाचनको बाधकः मन्त्री पाण्डे


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

संघीय मामिला तथा स्थानीय बिकास मन्त्री हित राज पाण्डेले प्रतिपक्षी दल निर्वाचनको बाधक बनेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लबले  भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पाण्डेले तोकिएको समयमा निर्वाचन गर्नु संबिधान कार्यान्वयनको सफल पक्ष भएको भन्दै संसदमा प्रतिपक्षको अवरोधकै कारण निर्वाचन सम्बन्धी बिधेयक टेबुल हुन नसक्दा निर्वाचनको बाधक प्रतिपक्ष देखिएको बताउनु भयो ।

उहाँले आयोगले तयार पारेको प्रतिबेदन केही दिनमा राजनीति असहमतीलाई सुल्झाउँदै प्रधानमन्त्रीले बुझ्ने र स्थानीय तहको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो । उहा“ले अब सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वार्चन गर्ने बताउनु भयो ।
आफ्नो मन्त्रालयले बिकासका काममा देखिएको अनियमितता प्रत्यक्ष अनुगमनबाट नियन्त्रण गर्ने भन्दै समयमै बजेटको सदुपयोग गरि फ्रिज हुनबाट रोक्ने र दक्ष प्राबिधिकहरु थप्न थालेको मन्त्री पाण्डेको भानइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com