हत्यारा पत्ता नलागे पनि, देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल


प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताउनुभएको छ ।

भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आज हेरेपछि उहाँले घटनाका दोषी हालसम्म पत्ता नलागेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेता खनालले भन्नुभयो, “वर्ग सङ्घर्ष तीव्र भएको समयको त्यो घटना गम्भीर र दुःखद् हो तर हामीहरु निराश हुनुपर्ने अवस्था छैन । अरू देशको पूर्व, पश्चिम, उत्तर र दक्षिण कैयौँ बर्बरिक जन्मिएका छन् । राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ ।”

लेखक प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रुपान्तरण गरिएको र हाल कुञ्ज थिएटर, काठमाडौँमा प्रदर्शित सो नाटकमा भण्डारीको मृत्युको अन्तिम दुखान्त दृश्य प्रदर्शन भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

नेता भण्डारीको अगुवाइमा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ विचारले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराएको थियो । भूमिगतकालमा भण्डारीलाई ‘बर्बरिक’, ‘भीष्म’ आदि नामले चिनिन्थ्यो ।

नाटकले पञ्चायतको विरोधमा तत्कालीन नेकपा (माले)ले गरेको सङ्घर्ष, विसं २०४६ को जनआन्दोलनमा नेपाली काङ्ग्रेसका शीर्ष पुरुष गणेशमान सिंह र नेता भण्डारीको सहकार्य आदि विषयलाई उतारेको छ ।

मोरङको झोराहाट नाट्य समूहले तयार पारेका नाटकमा जीवन बरालको निर्देशन छ भने डेढ दर्जन कलाकारले अभिनय गरेका छन् ।

समूहका अध्यक्ष एवं नाटकका नाट्य रुपान्तरणकर्ता भरत गुरागाईंले आफूहरु वर्तमान सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष नेतादेखि राष्ट्रपतिसम्मलाई सो नाटक देखाउने लक्ष्य लिएका काठमाडौँ आएको जानकारी दिनुभयो ।

कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले जननेता भण्डारी नहुँदा उहाँको न्यास्रो मान्नेहरुलाई नाटकले न्यास्रो मेटाउने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com