नेदरल्याण्डसमा झल्कियो नेपाल, बेल्जियमबाट नेपाल जाने पर्यटकमा ३२ प्रतिशत बृद्धि


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

नेदरल्याण्डसमा आयोजित पर्यटन मेलामा नेपालका तर्फबाट पनि सहभागिता जनाइएको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट सहभागिता जनाइएको उक्त मेलामा नेपाल चिनाउने सामाग्रीहरु राखिएको थियो ।

मेलाको उद्घाटन समारोहमा नेदरल्याण्डस्, बेल्जियम र लक्जेम्बर्गका लागि ब्रसेल्समा रहेको नेपाली दूतावासमा कार्यरत राजदूत लोकबहादुर थापाको पनि सहभागिता रहेको थियो । ब्रसेल्स दूतावासको पहलमा आगामी महिना बेल्जियममा तीनवटा नेपाल चिनाउने कार्यक्रमहरुमा सहभागिता जनाइदैछ ।

युरोपियन युनियनका लागि समेत नेपालका प्रतिनिधि राजदूत लोकबहादुर थापाको सकृयतामा बेल्जियममा नेपालको पर्यटन प्रर्वद्धनका क्षेत्रमा समेत विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । परिणामस्वरुप बेल्जियमबाट नेपाल भित्रिने पर्यटक संख्यामा यो बर्ष झण्डै ३२ प्रतिशतले बृद्धि भएको छ ।

समुदायको समेत परिचालन गरेर दूतावासले नेपालको पर्यटन र संस्कृतिको प्रबद्र्धनका क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेदरल्याण्डमा आयोजित मेलाका केही तस्वीर 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com