आजदेखि अमेरिकी संसदमा छिर्दै नेपाली छोरो, सपथग्रहण अपरान्ह


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा छिर्ने भएका छन् । आज भण्डारीले पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । अमेरिकामा यो स्तरमा चुनाव जित्ने भण्डारी पहिलो नेपाली मुलका व्यक्ति हुन् ।

अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट नेपाली अमेरिकन ह्यारी भण्डारी विजयी भएका थिए । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदमा सिनेट र हाउस अफ डेलिगेट्स गरी दुईवटा सदन रहेका छन् ।हाउस अफ डेलिगेट्स मेरिल्याण्डको राज्यसंसदको तल्लो सदन हो । जसमा मेरिल्याण्डका ४७ डिस्ट्रिक्टबाट १४१ डेलिगेट्सहरुले प्रतिनिधित्व गर्छन् ।

अमेरिकी राज्य संसदमा भण्डारीको सपथग्रहण, औपचारिक रुपमा कार्यकाल सुरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारी डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com