अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा निर्वाचित ह्यारी भण्डारीले आफ्नो कार्यालयमा अमेरिकाकोमात्र नभई नेपालको समेत झण्डा राख्ने बताएका छन् । भण्डारी गत नोभेम्वर महिनाको ६ तारिखमा सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठवाट हाउस अफ डेलिगेटमा निर्वाचित भएका थिए ।

हयारीलाई वधाई ज्ञापन तथा स्वयसेवक तथा दाताहरु वीच एक शुभकामना आदान प्रदान गर्न आयोजित भिक्टी सेलेवे्रशन पार्टीमा बोल्दै उनले भने – ‘मैले मेरो कार्यालयमा अमेरिकाको झण्डासँगै नेपालको झण्डा समेत राख्नेछु ‘

आफनो विजय पश्चात औपचारिक रुपमा पहिलो पटक सम्बोधन गर्दे भण्डारीले भावी पिढीको लागि उत्प्रेरक वन्ने तरिकाले काम गर्ने बताए । आफनो संक्षिप्त मन्तव्यमा भण्डारीले एउटा वयष्क व्यक्ति अमेरिकामा आएर संघर्ष गर्दे यो स्थानमा पुग्न सक्छ भने यही माटोमा जन्मिएको नेपाली अमेरिकीले भोलि यो देशको उच्च तहमा पुग्न सक्छ भन्ने विश्वासका साथ काम गर्नुपर्ने बताए ।

आफूले भावी पिढीलाई उत्प्रेरणा दिनका लागि र उनीहरुलाई अगाडि वढाउन नेपाली समुदायसँग सहकार्य गर्न सदैव तत्त्पर रहेको उनले बताए । उनले भने – ‘एनापोलिसको भवनमा वसेर मैले विधायकको रुपमा काम गर्दे गर्दा भावी पिढीलाई तिमीले पनि गर्न सक्छौ भन्ने विश्वास दिलाउन आफना नानीवावुलाई लिएर उक्त ऐतिहासिक भवनमा आउन अनुरोध गर्दछु ।’

भण्डारीले विजयको खुशी साट्दै भने – ‘मलाई अमेरिकी र मेरो क्षेत्रका मतदाताले विजयी गराएका हुन उनीहरुको चासो र सरोकार मेरो पहिलो प्राथमिकता हो तर म अमेरिकामा रहेका नेपालीहरुको लागि हरेक तरिकाले सहयोग गर्न तयार रहेको छु ।’

कार्यक्रममा सहभागीहरुले अमेरिकाको राजनीतिमा नेपाली मूलको सहभागिता वढाउन आगामी दिनमा थप काम समेत गर्नको लागि संस्थागत रुपमा अगाडि वढन समेत आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित भएका निर्वाचित प्रतिनिधीहरु, डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटकी केन्द्रीय अध्यक्ष लगायतले हयारीको विजयले एक ईतिहास रच्न सफल भएको वताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com