KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

आफ्नै रगत दिएर करीब २४ लाख बच्चाहरु बचाए

प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

सन १९५१ मा १४ वर्षीय अष्ट्रेलियन जेम्स हैरिसनको फोक्सोमा बिमार लागेर सल्यकृया गर्नु पर्यो। उनलाई तीन महिना अस्पातलमा रहदा १३ पोका रक्त संचार गर्नु परेको थियो। उनलाई चाहिएको जती रगत दिनेहरु सबै जना अपरिचित थिए। त्यसपछि उनले रक्तदान को महत्व बुझे। जेम्स हैरिसनलाई पनि मैले अरुको लागि केही गर्नुपर्छ भन्ने मनमा परेछ।

तब उनी १८ बर्ष हुनासाथ पहिलोपटक रक्तदान गरे। रगत निकाल्न पाखुरामा सुइ घोच्दा उनलाई धेरै दुखेको थियो। उनले अरुलाई बचाउन दुस्खाईलाई वास्था नगर्दै रगत दिन सुइ घोच्ने बेलामा आँखा चिम्लेर नै सहे।

सन १९६७ सम्ममा अष्ट्रेलियामा हजारौ महिलाको गर्वपात र जन्मिहाले पनि बच्चाको मस्तिष्कमा समस्या हुन्थ्यो। डाक्टरहरुले यस्तो हुनुको कारण पत्ता लगाउन सकेका थिएनन्। जब जेम्स हैरिसनले पहिलो पटक रक्तदान गरे, त्यस रगतमा ब्लड बैन्कका अनुसन्धानकर्ताले एक प्रकारको एंटीबॉडी ‘एन्टी डी’पाए। त्यसपछि बैज्ञानिकहरुले जेम्सलाई रगतमा हुने प्लाज्माबाट एन्टी डिइन्जेक्शन बनाउने कार्यक्रममा सरिक गराए। उक्त इन्जेक्शन पहिलोपटक रोयल प्रिन्स एल्फ्रेड अस्पतालमा एक गर्भवती महिलाई दिइयो।

जेम्स हैरिसनले हप्तै पच्छे ६० वर्षासम्म प्लाज्मा दान गरेकोबाट एन्टी डी सुई बनाइ अष्ट्रलियाका १७ प्रतिशत गर्भवती महिलालाई लगाउँदा २४ लाख नव शिशुहरुलाई बचाउन सहयोग भयो। जेम्सको प्लाज्मा ईडी इम्युनोग्लोब्लिन औषधि बनाउन प्रयोग हुन्थ्यो। यो औषधि नेगेटिभ रक्त समूह भएका गर्भवती आमाहरू जस्को गर्भमा रहेको बच्चा पोजेटिभ रगत भएकालाई जोखिम नहोस् भनेर दिइन्छ। यदी यो औषधी नदिने हो भने, आमाको रातो रक्त सेलले बच्चाको रक्त सेललाई टुक्रा टुक्रा पार्थ्यो र नव शिशुको दिमागमा समस्या, पोलिओ अथवा जन्डिस हुन सक्छ।

Loading...

मानवरगतमा पोजेटिभ र नेगेटिभ समुह हुन्छ। यसले जीवनमा फरक पार्दैन। पोजेटिभ रक्त समुहको रातो रक्त कोशिकाको सतहमा प्रोतिन हुन्छ तर नेगेटिभको सतहमा हुँदैन। यस्तो अवस्थामा नेगेटिभरगत समूह भएको गर्भवती आमाको रगतमा भएको रक्षात्मक समुहले बच्चामा भएको पोजेटिभ रातो रक्त कोशीकामा रहेको प्रोटिनलाई आगन्तुक शत्रु ठानी आक्रमण गर्छ। त्यसैले बच्चाको पोजेटिभ रक्तसेललाई बलियो बनाउन ईडी इम्युनोग्लोब्लिन औषधि दिने गरिन्छ।

जेम्सको आफ्नै छोरी ट्रासी मेलोशिपलाई पनि यस्तै भएर जेम्सको प्लाज्माबाट बनेको औषधी दीइेको थियो। अहिले बच्चा र आमा दुइ स्वस्थ छन्।

Loading...

जेम्सले बिभिन्न समयमा संचारकर्मीसँग कुरा गर्दा ‘मैले रक्तदान जस्तो राम्रो कामलाई कहिले पनि रोकिन’ भनेका छन् ‘सायद मेरो प्रतिभा भनेकै रक्तदान गर्नु हो।’ अष्ट्रेलियन रेडक्रसले जेम्सलाईपृथ्वी ग्रहकै सर्बाधिक रक्तदाताको रुपमा चित्रण गरेको छ। जेम्सले सधैं आफुलाई अरु जस्तै सामान्य रक्तदाता नै ठानी रहे। जेम्सको निस्वार्थ मानवीय सेवाको लागि ‘सुनौला पाखुरा भएको मानिस’ उपनाम र अष्ट्रलियाको मेडल अफ द अर्डरले सम्मानित भए। जिनिज बुक अफ वोर्ल्ड रेकर्डसले पनि जेम्सलाई सर्बाधिक प्लाज्मा दाताको रुपमा नाम लेखेको छ।

जेम्सले ‘मैले प्लाज्मा दान गर्नु अनिवार्य प्रतिबद्धता हो’ भनेका छन्। जेम्सले मे ११, २०१८ मा ब्लड बैंक जाँदा अब म ८१ वर्षको भए, यो मेरो अन्तिम रक्तदान हो, अब म रक्तदान गर्न पाउँदिन भने।जेम्सले अन्तिम पटक ११७३ औं प्लाज्मा दान आफ्ना रक्तदाताहरुलाई मेरो दानको रेकर्डलाई ब्रेक गर्न आब्हान गरेका थिए।

त्यसपछि उनका शुभचिन्तकहरुले ‘हामी उनको दया फेरी कहिल्यै देख्न सक्दैनौ’ भनेर दुःखी भए। त्यतिखेर ब्लड बैन्कका अधिकारीहरुले आफ्ना सबै रक्तदाताहरुमा जेम्सको जस्तै नियमित रुपले रक्तदान गरिरहन आब्हान गरेका थिए।

भिडियो हेर्नुहोस्

थप रोचक शीर्षकहरु

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com