अमेरिकामा गैरकानुनी छिरेर एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सहमत


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम खोज्नेलाई अदालती प्रकृया जारी रहँदाको बखतसम्म फिर्ता लिन मेक्सिकोले सहमति जनाएको छ । मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने तेश्रो मुलुकका नागरिकलाई पनि अमेरिकामा अध्यागमन प्रकृया चलुन्जेलसम्मका लागि फिर्ता लिन मेक्सिको सहमत भएको हो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने, पोर्ट अफ इन्ट्रीमा पक्राउ पर्नेलाई अमेरिकाका अध्यागमन अधिकारीहरुले अन्तरवार्ता लिएको खण्डमा र अध्यागमन न्यायाधिससमक्ष पेश हुनु अगाडि अदालतमा उपस्थीत हुने मिति प्राप्त गरेको खण्डमा उनीहरुलाई अमेरिकामा अध्यागमन प्रकृया जारी रहँदासम्मका लागि मेक्सिको बस्नका लागि मानवीय भिसा दिने मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

अब गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम गर्ने आवेदकले मेक्सिकोमा प्रतिक्षा गर्नुपर्नेछ । यदि अमेरिकी न्यायाधिसले एसाइलम स्वीकृत गरेमा आवेदकलाई अमेरिकामा स्वागत गरिनेछ भने अस्वीकृत गरेमा आवेदकलाई उसकै देशमा फिर्ता पठाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई एसाइलमको अधिकार नै नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि अमेरिकी सरकारले अमेरिकामा गैरकानुनी प्रवेश गरेर एसाइलम गर्नेलाई अध्यागमन प्रकृया जारी रहँदासम्मका लागि मेक्सिको फिर्ता पठाउने नियमको घोषणा गरेको हो । अमेरिकी सरकारको नयाँ नियमबाट नेपालीहरुसहित हरेक महिना १० औं हजार व्यक्ति प्रभावित हुनेछन् ।

अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com