अमेरिकाको नेपाली रेष्टुरेण्टको भित्तामा नेपाल, नेपाली कला, संस्कृति र पर्यटनको प्रचार


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

विदेशमा नेपाललाई चिनाउन नेपालीहरुले विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । स्टारबक्समा कफी अर्डर गर्दा नाम नेपाल बताएर, गाडीको नम्बरप्लेट नेपाल राखेर वा ट्याक्सी चलाउँदा नेपालको बारेमा बताएर वा फ्लायर दिएर नेपालको बारेमा चिनाउँदै आएका छन् नेपालीहरुले ।

अमेरिकामा रहेका केही नेपाली रेष्टुरेण्टहरुले मेनुमा नेपालको बारेमा उल्लेख गरेर, स्क्रीनमा नेपालको बारेमा भिडियो देखाएर वा भित्तामा नेपालका कला, संस्कृति र पर्यटन झल्कने तस्वीरहरु राखेर नेपाल चिनाउने काम गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरिल्याण्डको सिल्भर स्प्रींगमा रहेको घर ए कबाब रेष्टुरेण्टमा नेपालको कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि यस्तै तरिका अपनाइएको छ । व्यवसायी लोक तिवारीको उक्त रेष्टुरेण्टमा छिर्नासाथ भित्ताभरी नेपालको कला, संस्कृति र पर्यटन झल्किने तस्वीहरु देख्न सकिन्छ । जसले गैर नेपालीहरुमाझ नेपाल चिनाउन मद्दतमात्र गरेको छैन, रेष्टुरेण्टको आकर्षण समेत बढाएको छ ।

नेपालीभन्दा धेरै गैर नेपाली ग्राहकहरु आउने उक्त रेष्टुरेण्टमा ग्राहकहरुले ती तस्वीरहरु हेरेर नेपालबारे जिज्ञासा समेत राख्ने गर्छन् । कतिले त ती तस्वीरहरु हेरेर नेपाल भ्रमणको योजना समेत बनाउँछन् ।

नेपालको मौलिकता र परम्परा झल्किनेमात्र नभई नेपालका विभिन्न पर्यटकीय स्थलहरुका समेत तस्वीरहरु त्यहाँ राखिएका छन् । ओखल, ढिकी जाँतो, माटोका भाँडा बनाउदै गरेका ती तस्वीरहरु हेर्दा कुनै संग्राहालयमा पुगेको आभास हुन्छ । तपाई पनि विदेशमा नेपालको कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि यस्तै तरिका अपनाउने हो कि ?

थप तस्वीरहरु यहाँ हेर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com