अमेरिकी सरकार शटडाउन : के होला युएससीआईएसको काम ?


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

अमेरिकी सरकार सटडाउन भएपनि युएससीआईएसका अधिकांश कामकाजहरु भने प्रभावित नहुने भएका छन् । युएससीआईएसमा आवेदकले बुझाउने शुल्कबाट कर्मचारीहरुले तलब पाउने भएकाले सरकार सटडाउन भएपनि त्यसको असर नपर्ने र कामकाज सुचारु हुने भएको हो ।

सरकार सटडाउनको बेलामा पनि युएससीआईएसले आवेदनहरु लिन्छ भने कार्यालयहरु संचालनमा रहन्छन् । आवेदकका अन्तरवार्ताहरु तोकिएकै समयमा लिइन्छ । तर संघीय बजेटबाट संचालित ४ वटा कामभने प्रभावित हुन्छन् ।

सरकार सटडाउन भएमा युएससीआईएसको इ भेरिफाइ सेवा प्रभावित हुन्छ । ईबी फाइभका क्षेत्रीय केन्द्र कार्यक्रम पनि प्रभावित हुन्छन् । त्यस्तै जे वान डाक्टरलाई वेभर दिने कार्यक्रम र धार्मिक कामदार कार्यक्रम पनि प्रभावित हुन्छन् ।

यसपटकपनि सबैभन्दा मुख्य विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा लगाउने भनेको पर्खालको लागि बजेट विनियोजन नै रहेको छ । उक्त विषयमा सहमति जुट्न नसक्दा शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार शटडाउन भएको छ ।

अमेरिकी सरकार एकबर्षमा तेश्रोपटक शटडाउन

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com