अमेरिकी सरकार एकबर्षमा तेश्रोपटक शटडाउन


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

शुक्रबार मध्यरातसम्म पनि अमेरिकी संसदले सरकारको खर्च विधयेक पारित गर्न नसक्दा एकबर्षको अवधिमा तेश्रोपटक अमेरिकी सरकार सटडाउन भएको छ । यस अगाडि पारित अस्थायी खर्च विधयेकले शुक्रबार मध्यरातीसम्मका लागिमात्र अमेरिकी सरकारको खर्च बेहोरेकाले त्यसपछि अमेरिकी सरकार शटडाउन भएको हो ।

अमेरिकी इतिहासमा ४० बर्षपछि एकबर्षको अवधिमा तेश्रो पटक सरकार शटडाउन भएको हो । सरकार शटडाउन हुनु अगाडि शटडाउनको अवधिको तलब समेत कर्मचारीहरुले पाउनेगरी एउटा विधयेक सिनेटबाट पारित गरिएको थियो । तर उक्त विधयेक प्रतिनिधिसभाबाट पारित हुन भने बाँकी रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि ५ बिलियन डलर बजेटको माग गरेकोमा उक्त विषयमा सहमति हुन नसक्दा सरकार शटडाउनको अवस्थामा पुगेको हो । अब कम्तीमा क्रिसमसपछि सम्मका लागि अमेरिकी सरकार शटडाउन रहने छ ।

सोमबार सिनेटको सामान्य सेसन संचालन हुने भएपनि बास्तविक सेसन भने बिहिबार दिउसोमात्र चल्नेछ । यसरी हेर्दा कम्तीमा आगामी बिहिबार दिउसोसम्म अमेरिकी सरकार शटडाउन कायम रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com