तोकिएको समयभन्दा अगाडि बन्ने भो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जेठपछि अन्तर्राष्ट्रिय उडान


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको समयभन्दा अगाडि नै पूरा हुने भएको छ । निर्माणको काम तीव्र गतिमा अघि बढेको र तोकेको समयभन्दा अगाडि नै पूरा हुने जनाइएको छ । छ । आयोजनाका अनुशार विमानस्थलको ५८ प्रतिशत काम पूरा भइसकेको छ ।

धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ भने चार तहपछि धावनमार्ग तयार हुने जनाइएको छ । पहिलो तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्ने र ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । धावनमार्ग तीन हजार मिटरको छ । मौसमका कारण बाधा उत्पन्न नभए झन्डै दुई महिनामा धावनमार्ग सम्पन्न हुने जनाइएको छ ।

कुनै बाधा अवरोध नआए जेठ महिनासम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानहरूले उडान भर्ने जनाइएको छ । विमानस्थलको निर्माण सम्पन्न गर्न २०१९ जुन २८ तारिखसम्म म्याद छ । तर पाँच महिनाभित्रै मुख्य संरचना निर्माण गरेर आंशिक रूपमा विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ । आंशिक रूपमा विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुनेछ । म्यादभित्रै ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न हुने आयोजनाले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलको विमानपार्कस्थलको काम पूर्णरूपमा सम्पन्न भइसकेको छ भने विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, फायर फाइटिङ, टयासी वे लगायतका काम भइरहेका छन् । टर्मिनल भवनको संचरना निर्माण गर्ने करिब पूरा भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com