KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

ग्रीनकार्ड त्यागेर नेपाल फर्केका युवाको कथा !

प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

  • – अस्मिता खड्का

अमेरिकाको राम्रो यूनिभरसिटिमा पढ्ने चाहना धेरै विद्यार्थीहरूको हुन्छ । त्यसको लागि कोही कोशिश गर्दछन् त ! कोही आफ्नो चाहना मनमै मारिदिन्छन् । तर,सुदिप आचार्यको विदेश पढ्न जाने तयारी निकै रोचक छ । कुरा १९९१ तिरको हो ।

उनी एसएलसी सकेर कक्षा ११ पढ्ने तयारीमा थिए । बुढानिलकण्ठ स्कुलबाट एसएलसीमा राम्रो नम्बर लिएर पास गरेका सुदिप एकैपटक दुईवटा कलेजमा भर्ना भए । एउटा कलेजमा साइन्स र अर्कोमा कमर्श पढ्न सुरू गरेका आचार्यले एक महिना एउटा र अर्को महिना अर्को कलेज जाने तालिका बनाएर अध्यायनलाई अगाडि बढाए । साथै उनले ओलेभलको पढाई पनि जारीनै राखे ।

११ कक्षा पूरा गरे लगत्तै अमेरिका पढ्न जाने मौका मिल्यो । १२ कक्षा पास नभएका कारण उनले अमेरिकामा हाईस्कुल पढ्नुपर्ने भयो । अमेरिकाको फेड्वल हाइस्कुलमा पढ्नका लागि आबेदन दिएका सुदिपले भिसा पनि सजिलो गरी पाएँ । अमेरिका पुग्दा उनी जम्मा१६ वर्षका थिए ।

अंग्रेजी घमण्ड :

‘बुढानिलकण्ठ स्कुल पढेको ! राम्रो अंग्रेजी बोल्छु,भन्ने घमण्ड म, मा पनि थियो । तर, अमेरिका टेकेसँगै घमण्ड छिनभरमै सिसा जस्तै चक्ना चुर भयो । न, म बोलेको कसैले बुझे ! न मैलेनै बुझेँ ।’ अंग्रेजी काण्ड सुनाउँदै सुदिप दिल खोलेरै हाँसे !

यसबाट सहजै अनुमान लगाउन सकिन्छ, उनले विदेशमा कस्ता–कस्ता अप्ठ्याराहरुसँग जुध्नु परेको थियो ! आफुले भोग्नु परेका पीडालाई निकै रमाईलो गरी सुनाए । सुनाउँदा,जति सजिलो गरी सुनाए, त्यत्तिनै उनका कष्ठपूर्ण भोगाईहरु छचल्किरहेका थिए ।

हाईस्कुल नपढी युनिभरसिटि : 

सटिफिकेट बोकेर फेड्वल हाइस्कुलमा पुगेँका उनलाई प्रिन्सीपलले कस्तो कोर्स पढ्ने,सोचेर आउनुभन्दै सेलेभस हातमा थमाए र अर्को हप्ता आउन सल्लाह दिए । हाइस्कुलको सेलेभसले उनलाई निकै चिन्तित बनायो । पढ्न लायक कुनै विषय थिएन । तनाब भयो ! अब के गर्ने !आफैलाई प्रश्न गरेँ ।

उनले भने ‘मलाई सल्लाह दिने बुबा साथमा हुनुहुँदैनथ्यो । चाहेको बेला नेपाल फोन गर्न, अहिले जस्तो सहज थिएन ।’

मिजासीलो पन र सरल व्यावहारकै कारण छोटो समयमै विदेशी विद्यार्थीहरुसँग घुलमेल हुन सफल सुदिप हङकङका चाइनीज साथीसँग बस्न थालेका थिए । हाइस्कुलको सेलेभसबाट निरास र चिन्तित बनेका सुदिपले साथीहरुलाई ओलेभल पढेको कुरा सुनाएँ । उनको कुरा सुनेपछि साथीहरुले ओलेभललाई अन्तराष्ट्रि मान्यता दिने हुँदा युनिभरसिटि जान सुझाए । झिनो आशा बोकेर उनी यूनिभरसिटि पुगे र आफ्नो कुरा सुनाए ।

फारमको २५ डलर तिर्नुपर्ने भयो । ‘पैसा कम थियो । २५ डलरको पनि माया लाग्यो । रिसेप्सनमा सोधेँ, भर्ना लिने हो भने मात्र २५ डलर तिर्छु होइन,भने मैले किन तिर्ने ?’ उनले प्रश्न गरे । उनको कुरा सुनेर भर्ना शाखाको महिला अचम्म परिन । केहीबेर उनको मुखमा हेरिन र भनिन्, ‘तिम्रो सटिफिकेट र फारम दिऊ । तिमिलाई कलेजले लियो भने पैसा दिनु, लिएन भने ठिकै छ, भन्दै सुदिपको कुरामा सहमत भईन ।’

फारम र सटिफिकेट बुझाएर फर्केका सुदिपलाई यूनिभरसिटिले भर्ना लिन्छ भन्नेमा पूर्ण विश्वास थिएन । तर, युनिभरसिटिले ओलेभलको सटिफिकेटको आधारमा भर्ना लियो । धेरै मेहनत र थोरै परिवेशले साथ दिए जिवनमा चाहेका इच्छा चाहना बिस्तारै पुरा हुँदोरहेछन् । नेपालमा गरेको मेहनत यूनिभरसिटिमा काम लाग्यो । उनको खुशीको सिमा रहेन । उनी मनमनै राम्रो पढ्ने आफैसँग अठोट गरेँ ।

‘फि’ तिर्न लोन :

हाईस्कुल पढ्न गएका सुदिप यूनिभरसिटि भर्ना भएँ । तर, ‘फि’ तिर्ने पैसा पुगेन । भर्ना हुँदा, सुरुमै २ हजार डलर बुझाउनु पर्ने भयो । ‘म सँग सात सय २० डलर मात्र थियो । फारममा २५ डलर गयो । घरमा बुबालाई फोन गरेँ । त्योबेला नेपालबाट विदेश पैसा पठाउन गाह्रो थियो । ‘फि’ कसरी बुझाउने फेरि तनाब भयो,’ ‘उनले घटना सुनाउँदै भने ‘मेरो भाग्यनै होला, ‘फि’ बुझाउन लोन पाएँ । त्यो पनि पिएचडी गर्दै गरेकी हंङकङको विद्यार्थिबाट । उनीसँग परिचय भएको एकहप्ता मात्र भएको थियो । मेरो इमान्दारीता देखेर होला, उनले मलाई लोन दिईन ।’ ‘फि’ तिर्न लिएको लोन सुदिपले धेरैपछि आफै कमाएर तिरे ।

दुःखका दुईवर्ष :

घरमा हुँदा काम नगरेका उनलाई आत्मनिर्भर भएर पढ्ने कुरा चुनौतिपूर्णनै थियो । बुबाको कुरा सुनाउँदै भने ‘बुबाले मलाई हिड्ने बेला भन्नुभएको थियो, ‘बाबु मैले नेपालबाट पैसा पठाउने होइन, आफै काम गरेर पढ्नुपर्छ ।’ त्यो कुरालाई ध्यानमा राखेर सुरुका दिनमा जे काम भेट्यो त्यही गरेँ ।’

पैसा कमाएर पढ्नु सजिलो कुरा होइन । ‘रातभर काम गर्यो, बिहान सातबजेदेखि क्लास गयो । सुत्ने समय तीनदेखि चार घण्टा हुन्थ्यो । शनिवार र आईतवार बिदा हुन्थ्यो । हप्ताभरको थकाउन मेटाउथेँ । सुरुका दुईवर्ष निकै गाह्रोनै भयो ।’

यूनिभरसिटि दुई सेमिस्टर पढेपछि महंगो लाग्यो । त्यसपछि उनी सामुदायिक कलेजमा पढ्न जाने सोचे । शहरदेखि टाढा भएकाले हिडेर जान सकिदैन्थ्यो । सार्वजनिक यातायातको सुविधान थिएन । ट्याक्सी पहिल्यै बुक गर्नु पर्दथ्यो । १९९१ तिरको अमेरिकाको चित्रण गर्दै भने ‘अहिले जस्तो सजिलो थिएन । फोन महंगो थियो । साथीहरुसँग कुराकानी पनि चिठ्ठी मार्फत् आदानप्रदान गर्दथ्यौँ ।’

त्योबेला भोग्नु परेको अप्ठ्यारो सुनाउँदै भने ‘सामुदायिक कलेज पहिलो पटक जाँदै थिएँ । कसरी जाने गाह्रो थियो । एक अमेरिकन परिवारलाई कलेज पुर्याउन आग्रह गरेँ । मलाई सहयोग गरेका ती नागरिकले भने कलेज परिवर्तन गरेर गल्ती गरिस् ।’ अमेरिकन नागरिकको सहयोगमा कलेज त पुगे तर, बस्ने अपाटमेन्ट पाईएन् ।

विगत सम्झँदै भने ‘नेपालबाट ल्याएको सुटकेस बाहेक अरु सामान केही थिएन । छोडेर फर्कने बेला अमेरिकन बुढाबुढीले सुत्न मिल्ने म्याट र आफूहरु गएपछि खोल्न भन्दै एउटा खाम दिए । पछि खाम खोलेको त पाँच सय डलर राखिदिएका रहेछन् । निकै अप्ठ्यारो अवस्थामा थिए । बस्न खानको कुनै टुंगो थिएन’ । बाध्यताले धेरै कुरा सिकाउने रहेछ । उनीले कलेज नजिक बस्ने अन्य देशका विद्यार्थिसँग आफ्नो समस्या राखे । जेनतेन बस्ने बास मिल्यो ।

सुटकेस थन्काएर कामको खोजिमा निस्कीए । त्यहाँ मासु झुण्डाउने काम पाए । ‘अहिले त अलि हट्टाकट्टा छु त्योबेला दुब्बलो थिएँ ।  तीन चार किलोको कुखुराको मासु झुण्डाउनै गाह्रो । काम छोडिदिए । त्यसपछि घरमा रंग लागाउने काममा लागेँ । घरमा हुँदा खासै नबोल्ने मान्छे त्यहाँ सबैभन्दा धेरै बोल्ने भएँ । नजानेको कुरा अरुलाई सोधि हाल्थेँ ।

कलेज शहरदेखि टाढा भएकाले खर्च कम हुन थाल्यो । आर्थिक रुपमा सजिलो बन्दै गयो ।  पढाई पुरा नहुँदासम्म नेपाल नफर्कने बाचा, आफैलाई गरेका सुदिप जतिसुकै कठिनाई आईलागे पनि हमेशा खडा रहे । समस्या आए तर, कुनै दिन खाली पेट बस्नु परेन ।  त्यहाँको पढाई सकेपछि पुरानै यूनिभरसिटि फर्किए । कलेजको बढाई पुरा भएसँगै कमाई राम्रो हुन थाल्यो । काम प्रति लगनशिलता र मेहनत गरे नहुने केही छैन । अमेरिका पुगेको दुई वर्षपछि सुदिप साथीहरुलाई लोन दिने भए ।

बुबालाई सम्झेर बिषयको छनोट :
यूनिभरसिटिको मापदण्ड अनुसार उनले कम्प्यूटर इन्जिनियर पढ्न नपाउने भएँ । कस्तो विषय पढ्ने ? के पढ्ने ? यस्तै दुविधामा परे ।

बुबालाई सम्झिए । अनि इण्डष्ट्रियल इन्जिनियरिङ पढ्ने निधो गरेँ । इण्डष्ट्रियल इन्जिनियरिङमा फारम भरँे । फारम भर्नु पहिला,यसको बारेमा थाहा थिएन । ‘त्योबेला नेपालमा बुबा कृष्ण आचार्य विभिन्न उद्योगहरु सञ्चालन गर्नुभएको थियो । सोचे ! मैले पढ्नै पर्ने विषय यहीँ हो,’ उनले भने ।

व्यावसायिक क्षेत्रमा कृष्ण आचार्यले गरेका धेरै कामहरु नयाँ छन् । उहाँ नेपालको प्रतिष्ठित व्यावसायिको रुपमा परिचित हुनुहुन्छ । ‘नेपालमा चाउचाउ पहिलो पटक उत्पादन गर्ने बुबा नै हो । म अमेरिका पढ्न जाँदा बुबाले पोखरामा रारा चाउचाउको उद्योग सञ्चालन गर्नु भएको थियो । बुबाको पालामा उत्पादन हुने रारा चाउचाउलाई मानिसहरु अहिले पनि याद गर्दछन् ।’

पैसा कमाउनुभन्दा पनि नयाँ उद्योग वा अन्य ब्यावसायको कन्सेप ल्याउनमा उद्योगी कृष्ण आचार्य अरुभन्दा एक कदम अगाडि देखिनु हुन्छ । उहाँले देशमा भित्र्याउने हरेक काम नयाँ हुन्छन् । उद्योगी आचार्यले संचार, उद्योग, कलकारखाना र हाइन्ट्रो पावर जस्ताा क्षेत्रमा छुट्टै पहिचना बनाई सक्नु भएको छ । उहाँले ल्याउने हरेक कन्सेप नयाँ र फरक खालको हुन्छ ।

उद्योगी कृष्ण आचार्य छोरा सुदिपको मात्र होइन, ब्यावसायी क्षेत्रमा लागेका धेरैको आइडल नै हुनुहुन्छ ।

‘म नेपाल फर्कनुमा बुबाको सबैभन्दा ठूलो हात छ । उहाँले बारम्बार सम्झाउनु हुन्थ्यो,विदेशमा सिकेको सीप मातृभूमि निर्माणमा लगाउनु पर्दछ । देश समृद्ध बने, एक छाक खान र एकसरो लगाउन नेपालीका छोराछोरी खाडी मुलुकमा पसिना बगाउनु पर्ने छैन । पैसा आउँछ जान्छ । पढाई सकेर फर्क भन्नुभयो । अहिले म जहाँ छु, बुबाकै कारणले छु ।’ इण्डष्ट्रि«यल इन्जिनियरिङको पढाई पुरा गरेर उनी १९९६ मा नेपाल फर्किए ।

रोटी डुब्दा :

नेपाल आएको केही समयपछि अमेरिकाबाटै मेसिन ल्याएर रोटी बनाउने फ्याक्ट्री सञ्चालन गरेँ । यो काम उनले अमेरिकामा तोर्तिया कम्पनिमा सिकेका थिए । काममा उतारचढाव आईरह्यो । चाहे जस्तो बिजनेस हुन, सकेन । ‘रोटी बनाउन अमेरिकाको तोर्तिया कम्पनीमा सिकेको थिएँ । त्यही अनुसार फ्याक्ट्री सुरु गरेँ । केही समयपछि लाग्यो कम्पनि चल्दैन, तर बुबाले भन्नुभयो ‘कस्तो–कस्तो चिज त चल्छ, यो छोड्नु हुँदैन ।’

सायद मेरो उमेरका कारण छिटो आत्तिएको हुन सक्छु भन्ने सोँचे । तर, दुई तीन महिनामै गलत ठाउँमा लगानी भयो भन्ने लागेको थियो । त्यो बेला ठूलै लगानी थियो । नराम्रोसँग रोटी कम्पनी डुब्यो र डुवायो । ऋण तिर्न बुबाले कमाएको जग्गा बेच्नु पर्यो।’ उनी १९९९ मा मास्टर्स पढ्न फेरि अमेरिका फर्किए । यही असफलताले उनलाई सफलताको खुड्किला चढ्न सिकायो । त्यसपछि उनले बिजनेसमा असफलता आजसम्म बेहोर्नु परेको छैन ।

हरेक मानिस आफुलाई अब्बल बनाउन हर तरह मेहनत गर्दछन् । कोही सफल हुन्छन्, कोही असफल । असफलताबाट माथि उठ्ने मानिस अक्सर पछि फर्कनु परेको देखिदैन ।

पस्मिना पाटी :

पढाईलाई निरन्तरता दिने सोचेर अमेरिका फर्किएका सुदिप नयाँ काम गर्दा धेरै कुरामा ध्यान दिन थाले । पढाईलाई प्राथमिकतामा राखेका उनले पस्मिनाको अनलाइन व्यावसाय सुरु गरे ।

अमेरिकामा हाउस वाइफहरुले टपवयर पाटी गर्दछन् भन्ने सुनेका सुदिपले पस्मिना पाटीको आयोजना गर्ने सोच बनाए । अनलाइन र इमेलमा अडर गर्ने सबैलाई पस्मिना पाटीका बारेमा सोध्न थालेँ ।

टेक्कसासको ह्युस्टनमा एक जना विदेशीको सहयोगमा पस्मिना पाटी गर्ने योजना बन्यो । यो उनका लागि नौलो काम थियो । ‘ती अमेरिकन महिलाले आफ्ना सबै मान्छेलाई बोलाईन । वाइन पाटी भो । पस्मिना राम्रो विक्रि भयोे’ ह्युस्टनबाट हौसिएका सुदिपले न्यूयोर्क र अन्य राज्यहरुमा पस्मिना पाटी आयोजना गरे ।

सबैभन्दा राम्रो ब्यापार न्यूयोर्कमा २० हजार डलर बराबरको बिक्रि भयो । ती महिलालाई ३० प्रतिशत कमिसन दिएँ । ‘व्यापारको लागि टोल फ्रि नम्बर राखेको थिएँ । वभेसाइट हेर्दा ठूलै कम्पनि जस्तो देखिन्थ्यो । मानिसहरु फोन गरेर अकाउन्ट शाखामा दिन अनुरोध गर्दथे, म आफै एक्कै छिन् होल्ड गर्न आग्रह गर्दै, फेरि आफै उठाएर डिल गरेका रमाईला छेडहरु छन,’ उनले सुरुका अनुभूति सुनाए ।

कलेजपछि पस्मिना बेच्न जान्थे । उनको ब्यावसायमा भाई सन्दिप र बुहारी सलोजाले सक्दो सहयोग पुर्याए, भने बुबा कृष्ण आचार्यले नेपालबाट आफै खटेर पस्मिना अमेरिका पठाई दिनुहुन्थ्यो । दुई छोरीका बुबा ४५ वर्षिय सुदिपको उन्नति र प्रगतिमा बुबाको साथ र हात हमेसा रह्यो । २००२ मा मास्र्टस सकिएपछि अमेरिकामै साथीहरुसँग मिलेर नेपाली कार्पेटको नयाँ ब्यापार सुरु गरे । यसबाट पनि सन्तुष्ट हुन सकेनन् । उनी आफ्नो देशमै काम गर्न चाहान्थ्ये ।

डिस होममा कार्यकारी निर्देशक :

२००८ मा परिवार सहित नेपाल फर्किए । बुबाले सञ्चालन गरेको बिजनेसमा सघाउन थाले । विन्दबासीनी रुदि खोला हाइट्रोमा एमडी, कास्कि फाइनाइन्सको डाइरेक्टर र हुँदैन होम टिभि सञ्चालन गर्ने योजनामा आईपुगे ।

अनुभव सुनाउँदै भने‘अन्य विजनेसमा भन्दा होम टिभिमा काम गर्न मन लागेको थियो । दुई/तीन महिनामै थाहा भयो यो प्रोजेक्ट गराउन गाह्रो छ ।’ एउटै प्रकृतिका दुईवटा कम्पनि सुरु भए । एउटा होमटिभि र अर्को डिस नेपाल । पछि दुबै कम्पनी मर्ज भए । त्यसपछि सुदिप कार्यकारी भूमिकामा आए । ‘यो प्रोजेक्ट अमेरिका, भारत, अफ्रिका जस्ता मुलुकमा चलेको छ,नेपालमा पनि चल्छ भन्ने विश्वास मनभित्र थियो,तर परिणाम सोचे जस्तो थिएन । सेटलाइट टेक्नोलोजी नेपालको लागि अन्त्यन्तै सुइटेबल हुन्छ’ उनी भन्छन् ।

कारण बस बिचमा डिसहोम छोडेका सुदिपले भने‘नयाँ–नयाँ प्रयोग भैरहेको थियो । त्यसैले काम गर्न सहज लागेन । यहाँ बस्नुभन्दा अरु काम गर्नुपर्छ भन्ने लागेर निस्कीए । पछि फेरि कार्यकारी भूमिकामा रहने कुरा भयो र आफ्ना केही कुराहरु राख्दै नेतृत्व लिन तयार भएँ ।’

उनी २०१५ मा सिइओको रुपमा फेरि डिस होममा फर्किए । नयाँ जोस जागर सहित सिइओको भूमिकामा आएको एक हप्तामै भूकम्प गयो । त्यसपछि झन समस्या आईलाग्यो ।

 

भूईंचालो डिस्काउन्ट :
लगभग बन्द हुने अवस्थामा पुगेको प्रोजेक्टलाई कसरी उठाउने चिन्तामा रातदिन मेहनत गरेका आचार्यले नयाँ जुक्ति निकाले । स्याटलाइट कम्पनीसँग ‘भूइचालो डिस्काउन्ट माग्ने’ । भूइचालो डिस्काउन्टलाई रमाइलो गरी सुनाउँदै भने‘आर्थिक रुपमा ठूलै संकट थियो, भूईंचालो डिस्काउन्टले बचायो । भ्त्त डिस्काउन भनेर दियो ।’

‘सबैभन्दा गाह्रो परम्परागत रुपमा चल्दै आएको केबलबाट मानिसलाई बाहिर ल्याउन, धेरैनै पसिना पुगाउनु पर्यो । भारतमा सरकारले डिजिटल इण्डीया भन्यो, सरकारले जिम्मा लियो । तर नेपालमा ४/५ महिनामै सरकार बन्ने र ढल्ने गर्दा काम गर्न गाह्रो भयो ।’ ‘राज्यले यसको महत्व अझै राम्रोसँग बुझेको छैन । यसलाई राम्ररी बुझेर काम गर्ने हो भने राज्यलाई धेरै फाइदा हुन्छ ’सुदिपको भनाईछ ।

उनले नेतृत्व समालेपछि कामले गतिलिन थाल्यो । व्यावसायी रुपमा नाम कमाईसकेका आचार्यलाई २०१५ देखि, पछि फर्केर हेर्नु परेको छैन । पारिवारिक बिजनेस मात्र होइन, आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका उनले अमेरिकादेखि डिसहोमसम्म आउँदा अनगिन्ती मोडहरु पार गर्नु परेको थिए ।

मिजासीलो पन र सरल व्यावहारका कारण अमेरिकन परिवारको प्रिय बनायो । अप्ठ्यारोमा सहयोग गरेका विदेशी साथी र अमेरिकन परिवारलाई सुदिपले बिर्सेका छैनन् । ‘अमेरिका जाँदा भेटघाट हुन्छ । अहिले त मलाई सहयोग गर्ने अमेरिकन बुढाबुढी भएका छन्,’ उनले सम्झिए ।

अमेरिकी ग्रीनकार्ड परित्याग : 

सुदिपले २००८ मै अमेरिकी ग्रिनकार्ड पाएका थिए । तर, आफै देशमा केही गरेर देखाउने हुटहुटी मनमा थियो । समयले साथ नदिकै भनौँ, उनले सोँचे जस्तो हुन, सकेको थिएन । जे जस्तो होस् नेपालमै बस्ने निधो गरेका सुदिपले नेपालस्थित अमेरिकन एम्बेसीमा पुगेर २०११ मा ग्रिनकार्ड बुझाए ।

 

ग्रीनकार्ड परित्याग किन गरेको भन्दै धेरैले प्रश्न गरे । ‘आफ्नो देशमा केही गरौँ भन्ने भावनाले फर्केको मानिसले त्यसको लोभ गर्नुहुँदैन । अमेरिकामा पनि जिवन आनन्दकै थियो । तर बाहिरी आनन्दले मानिसलाई हुँदैन रहेछ । देशले बोलाईरहेको आभास भयो, बिदेशमा बस्न मन लागेन फर्किए ।’ अमेरिकी ग्रीनकार्ड त्यागेर देश विकासमा सकेको योगदान गर्ने अठोट लिएका सुदिपले अन्तराष्ट्रि युवा उत्यकृष्ट व्यावसायी पुरस्कार समेत हात पारेका छन् ।

नेपाल सम्भावनाको खानी :

नेपालमा काम गर्न चाहे, धेरै सम्भावनाहरु छन । त्यो भन्दा दोब्बर चुनौतिहरु छन् । हुनत, सजिलोमा सम्भावना कम हुन्छन् । नेपाल हिलोमा कमलको फूल फूलाउने ठाउँ हो । विदेशमा सिकेको ज्ञान नेपालमा लगाउने हो भने हरेक हिसाबले सम्भावनाहरु छन् ।

अर्को, पारिपारिक वातावरण छ । यहाँ समस्या आयो भने सजिलो गरी हल हुन्छ । काम नभएका धेरै कुराहरु छन् । बाहिर बसेको मानिसलाई धेरै आइडिया हुन्छ । शिप र क्षमता भएको मान्छेलाई काम गर्ने वातावरण छ । देश विकासमा योगदान हामीले नै हो गर्ने ।

‘नेपाल फर्कन सबैलाई मन हुन्छ । योजना पनि बनाउँछन् तर मेरा कतिपय साथीहरुले भन्ने गर्दछन्, नेपाल जान बित्तिकै के गर्ने ?  त्यो स्वभाविक पनि हो । त्यही भएर युवामै र्फकन जरुरी छ ।’

नेपाल अर्केर के गर्ने भन्ने अन्योलकै बिचबाट अमेरिका बस्ने धेरै जनशक्ति छ । अमेरिका बसेर हेर्दा त्यो ठिकै हो । तर, नेपाल आएपछि काम गर्ने बाटाहरु आफै खुल्छन् । सुरुको समयमा केही गाह्रो हुन्छ । हरेक काम सुरु गर्दा हुने अप्ठ्यारो जहाँ गएपनि हुन्छ । विदेशमा सिकेको सीप देशमा लगाउँ ! आउनुहोस्, देशको विकाससँगै मिलेर गरौँ । देश बनाउने तपाई हामीले नै हो ।’

(सुदिप आचार्य, डिस होमका कार्यकारी निर्देशक तथा युवा व्यावसायी हुन )

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com