चराहरुको स्वर्ग: लुम्बिनी (भिडियोसहित)


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा २९० भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । कतिपय चराहरु रैथाने जातका छन् भने कतिपय चराहरु हजारौंमाइल टाढाबाट जलचर गर्न लुम्बिनीमा बसाई सराई गरेर आउने गर्छन् । साइबेरियादेखि तिब्बतसम्मका चराहरु लुम्बिनीमा जलचर गर्न आउँछन् । त्यस्ता चराहरुलाई स्थानीयले पाहुना चरा भन्छन् ।

सारस लुम्बिनीको अफिसियल चरा हो ।

लुम्बिनी क्षेत्र सारसको प्रियस्थल हो । यहाँ झण्डै ५ सय सारस रहेको चराविज्ञहरु बताउँछन् । बुद्धका काकाका छोराले घाइते बनाएको सारसलाई बुद्धले औषधी गरेर जीवित बनाएको कथा पनि छ ।

हजारौं माइल टाढाबाट विना भिसा र पासपोर्टमा कैयन देशका आकाश पार गरेर आउने चराहरुलाई हेर्ने होइन त ?

पत्रकार चेतन पन्तले बनाएको भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com