अगाडि बोल्नै डराउने, फोनबाट प्रस्ताव राख्नुभयो कुन्जना


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने उनी अहिले चलचित्र निर्माणको तयारीमा छिन् । यिनै हाँस्य अभिनेत्री कुन्जना घिमिरेसँग रातोपाटीका दश प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? – २, ४ वटा कार्यक्रम र विज्ञापन अभिनयमा व्यस्त छु । अर्काे काम क्रिकेट मैदानको पेपर वर्क भइरहेको छ । एक चलचित्र बनाउने तयारी पनि गरिरहेका छौँ ।

सानो पर्दामा अब नछाउने हो ? – अहिले नभ्याएर हो, नछाउने भन्ने होइन । कलाकार हुँ, कलाकारका लागि सानो, ठूलो पर्दा भन्ने हुँदैन । जताततै छाउने हो । अहिले विभिन्न कामले र चलचित्रको तयारीमा लागेको कारण नभ्याएकी हुँ । हाम्रो चलचित्रप्रति दर्शकको ठूलो अपेक्षा रहनछ । त्यो अपेक्षा पूरा गर्न होमवर्कमा लागेका छौँ । सानो पर्दामा अहिले माया मारेको होइन । म सानो पर्दाबाट चिनिएको कलाकार हुँ । यसलाई माया मार्न सक्दिनँ ।

निर्माणको तयारीमा रहेको चलचित्रको हिरोइन आफै हो त ? – अहिले यसै भन्न सक्दिनँ । म पनि अभिनय गर्छु । अहिले कथाको तयारी भइरहेको छ । कोको कलाकार हुन्छन् भन्न सक्ने अवस्था छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ? – पहिला पहिला म सौन्दर्यमा कन्सेन्स थिइनँ । पछिल्लो समय धेरै सामाजिक भएपछि फाउन्डेसन चलाएपछि र कार्यक्रममा व्यस्त हुन थालेपछि भने निकै ध्यान दिन थालेकी छु । धेरैले आफ्नो सौन्दर्य मेन्टेन गर्नुपर्छ भनेर पनि सुझाए । अर्काे कुरा सौन्दर्य नारीको विशेष शृङ्गार पनि हो । अहिले सौन्दर्यमा निकै ख्याल गर्छु । सन् ब्लकक्रिम, फाउन्डर, लिपस्टिक, गाजल अचेल लगाउन कहिल्यै छुटाउँदिन ।

फिटनेसमा कति ध्यान दिनुहुन्छ ? – म अलि फुडी छु । आफूलाई फिट राख्नुपर्छ भन्ने पनि थाहा नभएको होइन । त्यसैले अहिले भर्खर जिम जान थालेकी छु । खाने कुरामा ध्यान रहन्छ । भर्खर मेन्टेनतिर लागेकी छु । बिहान खान्छु, बेलुका खाँदिनँ ।

फेसनतिर रुचि छ, कि छैन ? –रुचि छ तर पनि पहिला म आफूलाई सजिलो के हुन्छ भनेर हेर्ने गरेकी छु । दोस्रो राम्रो देखिन्छु कि देखिदिन भनेर हेर्छु । ड्रेसहरू धेरै सपिङ गर्न मनपर्छ । वान पिस, गाउनहरूमा म राम्रो देखिन्छु । सारी पनि सुहाउँछ ।

मनपर्ने खानेकुरा ? –बाहिर खानुपर्दा चिकेन मम मनपर्छ । घरमा भने गुन्द्रुक मनपर्छ ।

गीत सङ्गीत नि ? – सबैखालको गीत सङ्गीत मनपर्छ । समय र परिस्थितिअनुसार गीत सुन्छु । लोक, आधुनिक, सेन्टिमेन्टल सबै सुन्छु । म सङ्गीत प्रेमी छु ।

प्रेम विवाह गर्नुभयो । पहिलो प्रेम प्रस्ताव कसले राखेको थियो ? – उहाँले राख्नुभएको थियो । हाम्रो करियर एउटै थियो । हामी जीवनसाथी बन्दा सजिलो हुन्छ होला भनेर धुर्मुसजीले प्रेम प्रस्ताव राख्नुभयो । उहाँ बाहिर मसँग धेरै बोल्न सक्नु हुँदैन थियो । त्यसैले फोनबाट प्रेम प्रस्ताव राख्नुभएको थियो ।

पूरा नभएको सपना ? सपनाहरू धेरै छन् । म सपना साँच्न रुचाउँछु । सानोदेखि नै मैले करिस्मा दिदी, रेखा थापा, गौरी मल्ललगायतको अभिनय हेरेर हिरोइन बन्ने सपना पालेकी छु । हेरौँ के हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com