प्रवासबाट काँग्रेसमा २ जना केन्द्रीय सदस्यको कोटा छुट्याउन आनन्द बिष्टको माग


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले प्रवासमा रहेका जनसम्पर्क समितिहरुबाट काँग्रेसको केन्द्रीय समितिमा २ जना पूर्ण केन्द्रीय सदस्यका लागि कोटा छुट्याउन माग गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बिष्टले यस्तो माग गरेका हुन् ।

जनसम्पर्क समितिहरुलाई महाधिवेशनमा पर्यवेक्षकको मात्र हैसियत प्रदान गर्नुपर्ने विषयमा छलफल भइरहेको सन्दर्भमा बिष्टले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्थालाई यथावत राख्न समेत माग गरेका छन् । साथै पार्टीका विभागहरुमा सदस्यहरु राख्दा जनसम्पर्क समितबाट समेत राख्नुपर्ने बिष्टको माग छ ।

५ सय कम कृयाशिल सदस्यता भएको देशको सभापतिलाई महाधिवेशनमा प्रतिनिधि बनाउने व्यवस्था गर्नुपर्ने समेत बिष्टले बैठकमा माग गरेका छन् । बिष्टले जनसम्पर्क समितिहरुका अधिकार कटौती होइन, थप अधिकार दिनुपर्ने बैठकमा माग गरेका छन् ।

जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका बिष्ट पार्टीको केन्द्रीय समिति बैठक र महासमिति सदस्य बैठकमा भाग लिन हाल नेपालमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com