Follow @khasokhasmag

आँखा अस्पताल हेटौँडालाई ८४ लाखको उपचार मेशिन सहयोग


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

रोटरी क्लबअफ हेटौँडाको पहलमा सामुदायिक आँखा अस्पताल हेटौँडालाई रु ८४ लाख मूल्य बराबरको उपचार मेशिन सहयोगस्वरुप प्रदान गरिएको छ ।

रोटरी क्लब अफ अष्ट्रेलिया, तासमिनिया र ताइवानको सहयोगमा रु ८४ लाख ६० हजार मूल्य बराबरको आँखा जाँच गर्ने आधुनिक मेशिन अस्पताललाई प्रदान गरिएको हो ।

सुगरका बिरामीको आँखाको उपचारमा सहयोग पुग्ने उद्देश्यले सो मेशिन प्रदान गरिएको हो । रोटरी क्लब अष्ट्रेलियाका जेम्सविल्कसले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष लेखराज पोखरेललाई प्रदान गरिएको उक्त मेशिन अस्पतालका चिकित्सक डा सुनील थकालीलाई हस्तान्तरण गरिएको छ ।

उक्त मेशिन नहुँदा सुगरका बिरामीको उपचारमा समस्या आएको थियो । विसं २०६५ मङ्सिर ५ गते स्थापित सो अस्पतालमा दैनिक २५० भन्दा बढी व्यक्तिले आँखा परीक्षण गराउने गरेको डा थकालीले भन्नुभयो । सो अस्पतालबाट हालसम्म ७० हजार व्यक्तिले आँखा परीक्षण गराइसकेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com