काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ। डल्लुबाट सोह्रखुट्टे आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा बिहान सवा एघारमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।