‘म बरु राजीनामा दिन्छु, तत्कालै मलेसियाको रोजगारी खोल्दिँन’ – गोकर्ण बिष्ट


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

काठमाडौं मलेसियासँग भएको श्रम सम्झौता कार्यान्वयन र रोजगारी खुलाउन चौतर्फी दवाव परेपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आफनो अडान छोेडेका छैनन् । रोजगारीमा जाने नागरिक र पार्टी नेताहरुले चर्काे दवाव दिएपनि उनी आफ्नो अडानमा टेकिरहेका छन् ।‘म बरु पदबाट राजीनामा दिन्छु, नयाँ सिस्टम सुरु नभएसम्म मलेसियाको रोजगारी खोल्दिँन’ बुधवार सिंहदरवारमा भएको छलफलमा मन्त्री बिष्टले भने ‘ब्यवसायी साथीहरुले मलाई जति सक्नुहुन्छ दवाव दिनुहोस, तर म गल्ने पक्षमा छैन ।’

नेकपाभित्र श्रम विभाग हेरिरहेका नेताहरु लेखराज भट्ट, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला छलफलमा सहभागि थिए । ब्यवसायी समेतलाई बोलाइएको छलफलमा उनले नयाँ सिस्टम लागु नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडान राखे । श्रम सम्झौता भएको दुई महिना पुग्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।मन्त्री बिष्टको मुल उदेश्य ‘भेण्डर’ संस्थाका सञ्चालक परिवर्तन गर्ने हो । श्रम सम्झौतामा उल्लेख भएका भीएलएन, आइससी जस्ता संस्थाका सञ्चालक परिवर्तन नभएसम्म श्रम सम्झौता कार्यान्वयन नगर्ने अडानमा मन्त्री बिष्ट रहेका छन् । मलेसिया सरकारले भने सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारलाई दवाव दिइरहेको छ ।

मलेसियाको रोजगार बन्द हुँदा हजारौ कामदार मर्कामा परेका छन् । १० हजारभन्दा बढिको भिसा लागेर पनि मलेसिया पुग्न सकेका छैनन् । मन्त्री बिष्ट भने भेण्डर संस्थाका सञ्चालक परिवर्तन नगरेसम्म श्रम स्वीकृति नदिने पक्षमा उभिएका छन् ।भेण्डर संस्थाहरु हत्याउन एउटा समुह मन्त्रीको वरीपरी घुमिरहेको छ । पूजा चन्ददेखि रघु पुरीसम्मका ब्यक्तिहरु सिहदरवारदेखि मलेसियासम्म दौड लगाइरहेका छन् । मलेसियाका मानव संशाधन मन्त्रीका पीएहरुसँग सम्बन्ध गाँसिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com