तलाउमा डुबेर ज्यान गुमाएका युवकको शव निकाल्ने प्रहरी जवानलाई परिवारको सम्मान


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियामा रहेको कृत्रिम तलाउमा डुबेर मृत्यु भएका लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले सम्मान गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर –१५, निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवान प्रभू सुनारलाई डिसीको परिवारले बिहीबार सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले नगदसहित सम्मान गरेको हो । नगद ५ हजारसहित अबीर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले प्रहरीको मनोबल बढाउने गरी डाँगी परिवारले प्रहरी जवान प्रभू सुनारलाई सम्मान गरेको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृञिम तालमा मंसिर ९ गते डुबेका डिसीको शव चार दिनपछि प्रहरी जवान प्रभू सुनारले निकाल्नु भएको थियो । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com