जय जयकार होस यो देशको


प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार

मड्गल होस मेरो यो जन्म भूमिको अनि;
जय जयकार होस् सारा हामी नेपालीको !!
समृद्दि बढोस् हरपल यो मेरो देशका ;
हरेक क्षेत्र र सुन्दर पाटाहरुको
!!
हि हिमालका श्रृड्खलाहरुको भण्डारहरु अनि नदीहरुको !
उपभोग होस सँधै यिनका श्रोतले बहने हरेक हिमनदिहरुको !!

चन्द्रमाले मनमा मायाँ छर्ने सुन्दर क्षितज भएको मेरो देशलाई !
घामले ज्योति झलमल छर्दै शुभ बिहानी भनि ढोग्ने यो भूमिलाई !!

जन्मको ऋण तिरौ मिलेर
हातमा भएको कलमको ज्ञान छरेर !
ज्ञान विवेक अनि पसिना बगाऔँ सहिदको रगतलाई सम्मान गरेर !!

हिमाल मेरो भन्दा मलाई संसारले ठुलो सम्मान गरुन् !
म नेपाली हुँ भन्दा सारा विश्वका शिर यसै नै झुकुन् !!

विजयी होस् मेरो देश अव विकास र समृद्दि आफ्नो गराई !
नेपाली माटो मगमग होस नेपाली मनको मायाँ पाई!!

मलाई हिमालले शिर चुमोस् तराईको न्यानो अड्गालो मिलोस्!
पाहाडको चट्टान झैँ छाती मेरो होस् जगतको मायाँ मलाई मिलोस् !!

जलमा युवाको ज्ञान मिलोस् अनि देशमा युवालाई सम्मान मिलोस् !
हरेक नेपाली देशमा एकजुट बनेर हाँसेको सँधै हेर्न पाइयोस् !!

न त तराई नै कसैको होस न त पाहाड यो कसैको हो भनियोस् !
हिमाल ,पाहाड र तराई सारा हाम्रो नेपालीको शिरको ताज होस् !!

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गौरवमय त्यो सहिदको रगत र त्
यागले बनेको मेरो देशमा !
नेपाली गौरवको सुन्दर गाँथा सँधै रगतले कोरियोस् !!

कुनै पार्टि देशमा राज्य नगरोस् अनि कसैको पेवा मेरो देश नहोस् !
हाम्रो कर्मले पोतेको भूमि हाम्रोलागि
शान्त सुन्दर समृद्द बनोस !!

तीनकोटी नेपाली हामी मिलेर देशमा एउटा सुन्दर विरुवा रोपौँ !
त्यो फूललाई एकताको बुटी बनाई
हृदयको फूलबारीमा छोपौँ !!

–सुवा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com