बोल तिमी म जस्तै


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

– प्रकाश परियार नेपाली

समस्या सदियौंको हो

जो त्यहा पनी थियो

यहाँ पनी छ।

त्यहाँको समस्या ठुलो छैन

हामीले त बच्चै देखी देखेको

अनी सोच्छौ, त्यहाँ त

बिस्तारै परिवर्तन हुन्छ

त्यहाँ मान्छे मर्छन्

विद्धानहरु अपहरणकारीको दोष दिन्छन्

प्रेमको त्याग र तपस्याको दियो

त्यही निभ्छ अनी

दोषी उही हुन्छ,

जसको सजाय हत्या हुन्छ

हामी बोल्छौ अन्यायको बिरुद्ध

तर त्यहाँको हाल थाहा नै छैन

यहाँ संसार उर्लदै छ

उता कानुनलाई नै थाहा छैन

बोल तिमी म जस्तै

जहाँ यो र त्यो छैन

यहाँ तिम्रो पिडा देख्छु

त्यहाँ तिम्रो कुनै मतलब छैन।

(यो सब म जस्तै रंगभेदको बिरुद्ध आवाज उठाई रहेका विद्धान साथीहरुको लागी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com