“मन्जरी“


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

मैले लिने हर पवनमा

मैले हिड्ने हर पाईलामा

सर्बत्र छौ फेरी  म किन

सीमा  कोरौ जीवन र मृत्यूमा  मन्जरी  !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

हर यादको कुनामा

हर सपनाको तुनामा

हर संगीतको टुनामा

तिमी सधै जीवित छौ मन्जरी,

 

एकान्तको नजरमा

चौरको चुन्गीमा

चरुवाको डूममा

पधेरीको डीलमा

रोपाईको हिलोमा

बर्षातको बलेसीमा

सर्बत्र जीवित छौ मन्जरी,

 

मेरा  लामा सबै गोरेटोमा

उपहारका सबै एकान्तमा

अझै सबल अनि अब्बल छौ

संगै सुसेल्छौ फेरी किन

विभेद छौ तिमि मन्जरी,

 

लालित्य छाडी हेरी रहेछौ

भित्रै बाट बोलाई रहन्छौ

फेरी किन विभेद राखी

माला झुण्ड्याउ तिम्रो तस्बीरमा मन्जरी

 

मैले लिने हर पवनमा

मैले हिड्ने हर पाईलामा

सर्बत्र छौ फेरी  म किन

सीमा  कोरौ जीवन र मृत्यूमा  मन्जरी  !

  • राजेन्द्र कार्की, न्यूयोर्क 
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com