Follow @khasokhasmag

“मन्जरी“


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

मैले लिने हर पवनमा

मैले हिड्ने हर पाईलामा

सर्बत्र छौ फेरी  म किन

सीमा  कोरौ जीवन र मृत्यूमा  मन्जरी  !

 

हर यादको कुनामा

हर सपनाको तुनामा

हर संगीतको टुनामा

तिमी सधै जीवित छौ मन्जरी,

 

एकान्तको नजरमा

चौरको चुन्गीमा

चरुवाको डूममा

पधेरीको डीलमा

रोपाईको हिलोमा

बर्षातको बलेसीमा

सर्बत्र जीवित छौ मन्जरी,

 

मेरा  लामा सबै गोरेटोमा

उपहारका सबै एकान्तमा

अझै सबल अनि अब्बल छौ

संगै सुसेल्छौ फेरी किन

विभेद छौ तिमि मन्जरी,

 

लालित्य छाडी हेरी रहेछौ

भित्रै बाट बोलाई रहन्छौ

फेरी किन विभेद राखी

माला झुण्ड्याउ तिम्रो तस्बीरमा मन्जरी

 

मैले लिने हर पवनमा

मैले हिड्ने हर पाईलामा

सर्बत्र छौ फेरी  म किन

सीमा  कोरौ जीवन र मृत्यूमा  मन्जरी  !

  • राजेन्द्र कार्की, न्यूयोर्क 
© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com