पुस १ देखि टुँडिखेल आसपासमा गाडी रोक्न नपाइने


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी रोक्न नपाइने भएको छ ।  यस्ता सवारी साधनले यात्रु पर्खेर बस्दा ट्राफिक जाम भएकाले उक्त मितिदेखि काठमाडौं महानगरपालिकाले यो नियम लागु गर्न लागेको जनाएको छ ।

“सो क्षेत्रमा सवारी साधनले यात्रु चढाउँदा र ओराल्दा सयौं मानिसको समय बर्बाद हुने गरेको छ,” मङ्गलबार राष्ट्रिय सभागृहमा आयाजित बैठकमा सडक र सहरसम्वद्ध निकायका प्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, “ट्राफिक जामले कर्मचारी, विद्यार्थीदेखि व्यापारी, व्यवसायी सबैको समय बर्बाद भइरहेको छ । जाममा लामो समय सवारी रोक्दा इन्धन खपत नष्ट हुनुका साथै यस्ता सवारीले धुवाँको प्रदुषण पनि बढाएका छन् ।”

उक्त कार्यक्रममा मेयर शाक्यले चाँडै नै यातायात व्यवसायीसँगै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा पुस १ बाट यात्रु “पिक एण्ड ड्रप” नियम लागु गर्ने घोषणा गरे ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले महानगरपालिकाले लागु गर्ने यो नियमलाई यातायात व्यवसायी साथै सम्पूर्ण निकाय र नागरिक मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले पूर्वाधार तयार भएपछि नियम कार्यान्वयन सहज हुने बताए । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले पनि यो नियम कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com