अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्दैन – अध्यक्ष प्रचण्ड (भिडियोसहित)


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने बताएका छन् ।

यही मंसिर ८ गते गोली हानी हत्या गरिएका प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्र चौधरी ‘राजाबाबु’ को शोकसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

ठूल्ठूला युद्ध र लडाइहरु पनि शान्तिपूर्ण ढंगले संवाद र सहमतिका माध्यमबाट हल भएको उल्लेख गर्दै अपराधका घटनालाई संवादको तरिकाबाट होइन, कार्वाहीको तरिकाबाट मात्रै समाधान गर्न सकिने अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले कपिलवस्तुमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिएकाले दीपेन्द्रको हत्या त्यही त हैन भन्ने पनि शंका गरिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, ‘कतिपय अवस्थामा समुदायका बीचमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिन्छ । तर जे भएपनि कानुनी कार्वाही गरेर जनतालाई जीवनको सुरक्षा र काम कारवाही सहज ढंगले अघि बढाउन सक्ने वातावरण बन्नु पर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com