रोजगारको अवसर सृजना गर्न सरकार प्रतिवद्ध : श्रममन्त्री विष्ट


प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार

cfj @)&$÷)&% sf] dGqfno:t/Lo ljsf; ;d:of ;dfwfg ;ldltsf] a’waf/ a;]sf] a}7s tyf jflif{s ;dLIff sfo{qmdnfO{ ;Daf]wg ub}{ >d, /f]huf/ tyf ;fdflhs ;’/Iff dGqL uf]s0f{ lji6 . tl:a/M czf]s l3ld/], /f;;

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।

मन्त्री विष्टले नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री विष्टले सुचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशष्त रोजगारीको अवसर सृजना गर्न सकिने निष्कर्ष पनि सुनाउनु भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com