Follow @khasokhasmag

क्यान्सर लाइ जितेर पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए ।सोनालीको क्या न्सरको उपचारका क्रममा थुप्रैपटक किमोथेरापी मार्फत उपचार गरिएको थियो । जसक्रममा उनको कपाल पनि काट्नुपरेको थियो ।सोमबार मुम्बई एयरपोर्टमा कालो ज्याकेट र ट्राउजरमा देखिएकी सोनालीको ‘लुक’ पहिले भन्दा केही परिवर्तन भएको छ । तर उनको मुहारमा भने मुस्कुराहट प्रष्ट देखिन्थ्यो ।

गएको जुलाई ४ मा सामाजिक सञ्जाल मार्फत सोनालीले आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् । भारत फर्कनुअघि पनि सोनालीले सामाजिक सञ्जालमा आफू स्वदेश फर्केने कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।‘म फर्किरहेकी छु, जहाँ मेरो दिल छ, मलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिँन,’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।सोनालीले अझै लडाई नसकिएको र यो केवल एउटा इन्टरवल मात्रै रहेको पनि बताएकी छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com