अमेरिकी राष्ट्रपतिमा पहिलो हिन्दू उम्मेदवार हुनसक्ने, नेपाली र भारतीयसँग सहयोग मागिन्


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

अमेरिकाको राष्ट्रपति पदमा पहिलोपटक एक हिन्दू महिलाले उम्मेदवारी दिने तयारी थालेकी छिन् । अमेरिकाकी प्रथम हिन्दू सांसद तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन लागेकी हुन् । उनले यस विषयमा अमेरिकामा बसोवास गर्ने नेपाली तथा भारतीय मूलका मतदातासँग राय मागेकी छिन् । ३७ वर्षकी तुलसीले हवाइ राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन् । उनी अमेरिकाकी प्रथम हिन्दू सांसद हुन् ।

तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेकी छिन् । राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन् । अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन् । यदि उनले उम्मेदवारीको घोषणा गरिन् भने अकेरिकामा इतिहास बन्नेछ । अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिएका छैनन् । यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकैपटक ३ रेकर्ड बन्नेछन् । निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन् ।

अघिल्लो बिहीबार केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मूलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका छन् । साथमा यो पनि सोधिएको छ कि इतिहासमा पहिलोपटक यस्तो हुँदा अमेरिकामा बसिरहेका भारतीय तथा नेपाली मूलका व्यक्तिहरुमा यसको कस्तो असर पर्छ । भोलि आइतबार तुलसीले यस विषयमा भारतीय तथा नेपाली मूलका अगुवाहरुसँग कन्फ्रेन्स कल गर्ने सम्भावना छ । यसमा उनले एक दिन्दू नेता र महिला नेताको रुपमा आफ्नो राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीबारे चर्चा गर्न सक्ने बताइएको छ ।

तुलसी गबार्डको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो । उनकी आमा ककेशियन हुन् । उनकी आमाले हिन्दू धर्म अपनाएकी थिइन् । तुलसी २ वर्षकी हुँदा उनको परिवार हवाइ सरेको थियो । पछि तुलसीले पनि हिन्दू धर्म अपनाइन् । २०१२ मा पहिलोपटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् । तुलसी प्रथम अमेरिकी सांसद हुन् जसले भागवत गीताको नाममा शपथ लिएकी थिइन् । तुलसी नेपाली तथा भारतीय मूलका अमेरिकीहरुमाझ लोकप्रिय छिन् । यहुदी अमेरिकीपछि भारतीय मूलका अमेरिकी समुदाय अमेरिकामा सबैभन्दा प्रभावशाली र धनी समुदाय मानिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com