मिस वर्ल्ड अन्तिम समयमा श्रृंखलाको भोट अनुपात घट्यो, भारत र मंगोलियाको बढ्यो


प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार

मिस वल्र्डको प्रतिस्पर्धामा हेड टु हेड च्यालेन्जको भोटिङको अन्तिम समय आउन लाग्दा मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाको भोटिङ अनुपात घटेको छ । तुलनात्मक रुपमा श्रृंखलाको अनुपात घटे पनि भोटिङ च्वाइस भने उनले नै जित्ने लगभग पक्का छ ।

दुई दिन अघिसम्म कूल भोटको ३८ प्रतिशत भोट पाएर लिड गरिरहेकी श्रृंखलाको अहिले ३५ प्रतिशत भोट छ । त्यतिबेला अन्य सबै प्रतिस्पर्धीको घाट ५ प्रतिशतभन्दा पनि कम थियो । अहिले भने नाटकीय रुपमा भियतनामकी भि ट्रानको ८.३ प्रतिशत, मंगोलियाकी एन्ख्रिमाको ११.६ प्रतिशत, कजाखस्तानकी येकातेरिनाको ५.२ प्रतिशत, भारतकी अनुकृति भासको ७.४ प्रतिशत भोट पुगेको छ ।

अन्य प्रतिस्पर्धीको भोट भने खासै उल्लेख्य छैन । भोटिङ गर्ने समय आज ५ बजेसम्म मात्र भएकोले श्रृंखलालाई अरुले जित्ने सम्भावना भने छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com