नझुक्किनुस्, तपाईँले भोट हाल्दैमा मिस वर्ल्ड नेपालले जित्ने हैन


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अहिले नेतादेखि लिएर कलाकार र सर्वसाधारण र एनआरएन संस्थासमेत मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी शृङ्खला खतिवडालाई भोट हाल्न आह्वान गरिरहेका छन्। कतिले बुझेका होलान्, कतिलाई चैँ भोट हालेरै मिस वर्ल्ड जितिन्छ जस्तो पनि भ्रम रहेछ। भोट हालेर त चुनाव मात्रै जितिने हो, मिस वर्ल्ड पनि जितिन्छ भन्ने ठान्नुभएको भए भ्रमबाट मुक्त हुनुस्। जितिँदैन।तर प्रतियोगिताको फरम्याट अनुसार भोट हालेर फास्ट ट्रयाकबाट टप ३० सम्म चाहिँ पुर्‍याउन सकिन्छ। त्यहाँबाट माथि बढ्न चाहिँ प्रतिस्पर्धी आफैले निर्णायकहरुको मन जित्नुपर्छ। तपाईँको भोटले केही पार लाग्नेवाला छैन। टप ४० मा गत वर्ष निकिता चान्डक पनि पुगेकी हुन्।एउटा उपाय हो हेड टु हेड च्यालेन्जबाट छानिनु। प्रतियोगीहरुलाई विभिन्न ग्रुपमा बाँडिन्छ। यसबाट १० जना छानिन्छन्।

यसमा सुरुमा २ मिनेटको भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीहरुलाई राखेर प्रश्नहरु सोधिन्छ। त्यसको जवाफका आधारमा भोटिङबाट। भोटिङका लागि ३० नोभेम्बरसम्म समय बढाइएको छ।अर्को हो मल्टिमिडिया अवार्ड जितेर। यसका लागि फेसबुक, मोबस्टार एप, आधिकारिक वेबसाइट आदिबाट भोट गर्न सकिन्छ। धेरै भोट पाउने एक जनाले अवार्ड जितेर सीधै टप ४० मा प्रवेश पाउँछिन्।अर्को उपाय हो टप मोडल जितेर। यो उपाय अब बाँकी छैन। किनभने मिस फ्रान्सले यो उपाधि जितेर टप ३० मा पुगिसकी।त पाईँले शृङ्खला खतिवडा सेमिफाइनलमा लेखिएको यस्तो समाचार शीर्षक देख्नुभयो होला। यो चाहिँ यही टप मोडल प्रतिस्पर्धामा पुगेकी हुन्, मिस वर्ल्ड ताजकै सेमिफाइनलमा भने हैन।अर्को उपाय हो ट्यालेन्ट उपाधि जितेर।

यो प्रतिस्पर्धा मिस जापानले जितिसकेकी छिन्।त्यस्तै स्पोर्टस, पिपल्स च्वाइस अवार्ड र ब्युटी विद् अ पर्पोज अवार्ड जितेर पनि टप ३० मा पुग्न सकिन्छ। यस बाहेक हेड टु हेडमा जजले छानेर पनि टप ३० मा पुर्‍याउन सक्छन्।भोट हालेर जितिने मल्टिमिडिया अवा र्ड र पिपल्स च्वाइस अवार्ड मात्रै हो। गत वर्षसम्म यी दुई अवार्ड थिए। यो वर्ष त्यसमध्ये एक हटाएको पनि हुनसक्छ।टप ३० बाट टप १२ मा छानिन्छन्। त्यसपछि टप ५ छानिन्छन्। टप ५ मा परेका मध्ये दुई जना हिस्स हुन्छन्। बाँकी तीन जनामा एक जनाले मि स वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्छिन्।टप ३० मा छानिसकेपछि मात्रै अर्को बाटो खुल्ने हो। टप ३० मा पुर्‍याउन मज्जाले भोट गर्नुस्। सघाउनुस्। तर भोट हालेरै मिस वर्ल्ड जितिन्छ भन्ने भ्रममा चाहिँ नपर्नुस् है।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com