शृंखला खतिवडालाई मल्टीमिडिया अवार्ड पक्का


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडाको दावेदारी बलियो बनिरहेको छ । भोटिङ गर्ने आज अन्तिम दिन हो । पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रति शत भोटका साथ अग्रता कायम गरिरहेकी छन् ।

आज र भोली कुनै ठूलो उलटफेर भएन भने श्रृंखला मल्टिमिडिया अवार्डको जित्नेमा दुईमत छैन । यो अवार्ड जितेमा उनका लागि फाइनल (टप ३०) मा पुग्ने ढोका खुल्नेछ ।यसअघि टप मोडल कम्पिटिसन र मिस ट्या लेन्ट अवार्ड जितेर फ्रान्स र जापानका सुन्दरीहरु टप ३० मा पुगिसकेका छन् । श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् । मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति रहेको छ । यी तीन मध्ये कुनैमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट टप ३० मा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।

हेड टु हेड च्यालेन्जमा अघि बढ्न पनि श्रृंखलालाई भोटिङको आवश्यकता छ । यसमा १ सय २१ प्रतिस्पर्धीहरुलाई २० समुहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा एक जना विजेता भोटिङबाट छानिन्छन् । यसरी छानिएका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।

श्रृंखलाको समुहमा अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका गरी ६ जना सुन्दरी छन् । हेड टु हेडमा दुई भाग हुन्छन् । पहिलो भागमा भिडियो प्रिजेन्टेसन हुन्छ भने दोस्रो भागमा नि र्णायकले प्रश्न सोध्छन् । प्रश्नोत्तरको भिडियो सामाजिक सञ्जालमा आएपछि भोटिङ सुरु हुन्छ । त्यसपछि पब्लिक भोटमार्फत समुह विजेता हुने अर्को राउन्डका लागि छानिन्छन् । श्रृंखलाको हेड टु हेड भिडियो यूट्यूवमा आइसकेको छ । यसले राम्रो प्रतिक्रिया पाइ रहेको छ । श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेज बाट पनि भोट गर्न सकिन्छ ।

अहिलेसम्मको भोटिङमा श्रृंखलाको छेउछाउ कोही देखिएका छैनन् । उनीभन्दा पछाडि मंगोलियाकी एन्खि्रमा (११ प्रतिशत), भियतनामकी भि ट्रान (९ प्रतिशत), भारतकी अनुकृती भास (८ प्रतिशत) छन् । भारतकी अनुकृतीले पछिल्लो समयमा आफ्नो भोट ह्वात्तै बढाएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com