आजदेखि लागू भयो कुवेतबाट बिदामा नेपाल फर्कनेहरुका लागि बाध्यतकारी नियम


प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार

कुवेतबाट नेपाल बिदामा फर्कदा अनिवार्य रुपमा राजदूतावासको सिफारिस पत्र लिनुपर्ने नयाँ नियम आजबाट लागू भएको छ। नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्य रुपमा दूतावासको सिफारिस पत्र माग भइआएको जनाउँदै नेपाली राजदूतावास कुवेतले यस्तो बाध्यतकारी नियम लागू गरेको हो।

कुवेतबाट बिदामा जान चाहाने जो कोही नेपालीले १५ दिन अगाडि नै दूतावास पुगेर सिफारिस पत्र लिनुपर्ने भएको छ। यो नियम लागू भएसँगै अब सिफारिस पत्र नलिई बिदामा नेपाल फर्किए सरकारले पुनः कुवेत फर्कन श्रम स्वीकृती नदिने दूतावासले जनाएको छ।

सिफारिस पत्र लिँदा एउटै कम्पनीमा काम गरी बिदा जानेलाई कम्पनी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनीले फेरबदल गरेकाहरुलाई विशेष पत्र लेख्नु पर्ने हुँदा बिदा जानु भन्दा १५ दिन पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने श्रमसहचारी ज्ञानेन्द्र शर्माले बताए।

उक्त सिफारिस पत्र लिँदा भिषा र कम्पनि पुरानै भएमा ४ केडी र नयाँ कम्पनी परिवर्तन गरेको भएमा १७ केडी शुल्क लाग्ने छ। यस्तो बाध्यतकारी नियमले गर्दा कुवेतमा कार्यरत नेपाली कामदारहरु गर या मरको स्थितिमा पुगेका छन्। यो नियमको सामाजिक संजालमा व्यापक बिरोध भैरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com