मेनुको आवाज सुन्न आग्रह गर्दै सारेगमपमा धमाका मच्चाइरहेकी नेपाली चेली मेनुका पौडेल
प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार
मेनुका पौडेलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
सारेगमपामा एक पछि अर्को धमाकेदार प्रस्तुती मार्फत दर्शक श्रोता र जजहरु तथा ज्युरी मेम्वरहरुको मन मष्तिष्कमा अमिट छाप बनाएकी नेपाली गायिका मेनुका पौडेलले एउटा बिल्कुलै फरक धारको गीत सार्वजनिक गरेकी छिन् ।
चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको उक्त गीतमा शब्द भने प्रभात किरणको रहेको छ । एकाऊस्टिकस्टुडियोमा रेकर्ड भएको उक्त गीतमा सँगीत संयोजन भने देवेन्द्र नेवाले गरेका हुन ।
आन्नी छोईङको फुलको आँखामा टाईको गीत रहेछ नी भन्ने जिज्ञासालाई गायिकाले सिधै अस्विकार गरिन र भनिन “यो मनले आफै छल गर्दैन” टाईपकै गीत हो यसलाई अरु सँग नदाजी दिन पनि आग्रह गरिन । हाम्रालाई मात्र राम्रो भन्ने लालची आँखा र लोभी मनहरूलाई नियन्त्रणमा राख्दै सही निर्णय लिन अन्तर मनले हेर्नु, सुन्नु र बोल्नु पर्छ भनेर गीतले सन्देश बोकेको छ ।
युट्युबमा लिरिकल भिडियो सार्वजनिक भएको उक्त गीतको धेरैले मन पराउने आशा गरिएको छ । सारेगमपाको भोटिङ राऊन्डको मुखैमा सार्वजनिक भएको यो गीतले धेरै शुभचिन्तकहरुलाई मनले निर्णय लिन झक्झकाउने ऊनको आशा छ ।
स्मरण रहोस्, नेपाल आइडल सिजन १ मा राम्रो प्रस्तुती तथा निर्णायकहरूको वाहवाही पाऊदा पाउदै पनि भोट कम आएकै कारण मेनुका शीर्ष ११ औं स्थानबाटै बाहिरिनु परेको थियो ।





