एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक


प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार

एन आर एन ए (आइसीसी) अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा ७५ बर्षिय यदुप्रसाद भट्टको जापानस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार अपरान्ह ५:५८ बजे निधन भएको हो ।

सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री समेत भएका थिए ।

गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

स्वर्गीय भट्टको शवलाई नेपाल लैजाने तयारी भइरहेको भाई भवप्रसाद भट्टले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com