हिन्दुको मन्दिरमा मुस्लिम समुदायले राँगा बली दिएपछि…


प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार

हिन्दुका चाडपर्वमा मुस्लिम समुदायका व्यक्ति पाहुना बनेर जानु सामान्य मानिन्छ। अछाममा भने हिन्दुहरुको मन्दिरमा मुस्लिमले राँगाको बली दिएका छन्। अछामका मुस्लिम समुदायले पहिलो बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा बिहीबार राँगाको बली दिएका हुन्।

उनीहरुले पुजाआजा गरेर राँगा बली दिएका हुन्। साँफेबगर नगरपालिकाको वडा नम्बर–८ चण्डिकाको चुडेली गाउँमा लामो समयदेखि मुस्लिम समुदायको बसोबास छ। त्यहाँका मुस्लिम समुदायले हिन्दु समुदायसँगै बर्दादेवीको मन्दिरमा पूजा गरी राँगाको बली चढाएर दसैं मनाएका हुन्।

‘मनोकाक्षा पूराहोस भनेर केही वर्ष पहिले भाकल गरेकी थिएँ’, कमला मियालले भनिन्। ‘त्यो पूरा भएपछि बर्दादेवीको पुजा गरी राँगाको बली चढाएका हौँ’, उनले भने।

उनले मुस्लिम समुदाय पनि हिन्दु देविदेवता मानिरहेको र पूजा गर्दै आएको बताइन्।

सबै समुदायका बासिन्दा मिलेर बस्नुपर्छ, एकले अर्काको धर्म संस्कृतिको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि यस्तो गर्न खोजेको मुस्लिम समुदायका अगुवा केशर मियाले बताए।

‘हिन्दु समुदायका चाड पर्वमा मुस्लिम समुदायका मान्छे पाहुना बन्छन्। मुस्लिम समुदायको चाडपर्वमा हिन्दु पाहुना बन्दछन् तर हामीहरु एक अर्काको चाडबाड आफ्नै जस्तो गरी मनाउछौं’, मीयाले भने।

चुडेली गाउँका मुस्लिम सदियौदेखि हिन्दु समुदायका मेला पर्वमा जाने गरेपनि राँगा काटेर यसरी मनाएको भने पहिलो पटक हो। दुई समुदायका बासिन्दाबीच एक अर्का प्रतिको सद्भावले पनि यहाँको धार्मिक सद्भाव कसिलो बन्दै गएको महशुस गर्न सकिने शिक्षक ममिन मियाले बताए।

चण्डीका गाउँका मुस्लिम हिन्दु समुदायको मानिस मर्दा मान्छे जलाउने दाउरा खोज्न जाने गरेका छन् भने मुस्लिमको मृत्यु हुँदा समाधिका लागि हिन्दुले ढुंगा लगेर जान्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चण्डिकामा २७ परिवार मुस्लिम समुदायका रहेका छन्। हरेक वर्ष कात्र्तिक शुक्ल पुर्णिमाका दिन गाज्रामा दसैं मेला लाग्ने गर्दछ। राँगा बोकाको बली देवीलाई चढाएमा मनोकामना पुरा हुने जनविश्वास अनुसार मन्दिरमा हरेक वर्ष सयाैँ राँगा बोकाको बली दिने परम्परा छ।

विजयादशमीभन्दा कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने दसैंको अछाममा छुट्टै पहिचान र महत्व भएको यसका जानकार तथा वडा अध्यक्ष हिरण्ड खड्काले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com