अनमी सीता शर्मा इन्टिग्रिटी आइडलको उत्कृष्ट पाँचभित्र पर्न सफल


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

वीरेन्द्रनगर नगरपालिका कार्यालयमा कार्यरत सिनियर अनमी सीता कुमारी शर्मा इन्टिग्रिटी आइडलमा उत्कृष्ट पाँचमा पर्न सफल भएकी छिन्।

महिला स्वास्थ्य सुधारकी अभियन्ता उनी सुर्खेतमा रहेका दलित, उत्पिडित, मुस्लिम बस्ती, विद्यालय तथा अन्य क्षेत्रमा गएर निशुल्क रूपमा आफ्नै खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकी छिन्।
उनले भनिन्, ‘मलार्इ आम मानिसहरूको स्वास्थ्यमा सुधार गर्दै अघि बढ्ने ठुलो इच्छा छ। जहाँ सचेतना छैन त्यस ठाउँमा सचेतना र सहयोग गर्नुपर्छ।’

उनले वीरेन्द्रनगर सुर्खेतका सवै हरेक क्षेत्र, विद्यालय, दलित, वाढीपिडीत, अनाथालय र बृद्दाश्रम बस्तिहरूमा बिदाको दिनमा नि:शुल्क स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी शिक्षा एवं सचेतना जगाउने कार्य गर्दै आएकी छन् । उनले विभिन्न विकट स्थानहरूमा समेत बसी स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार र विभिन्न स्वास्थ्य तथा सामाजिक संघसंस्थाहरूबाट समेत सम्मान/पुरस्कार पाएकी छन्।

शर्माले आफूलाइ इन्टिग्रिटी आइडलमा जिताउन भोटिङका लागि अनुरोध गरेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भोट गर्ने तरिका
मोबाइलको मेसेजबक्समा गइ IIN5 टाइप गरी 34001 मा पठाउने ।
वेवबाट भोट गर्न www.integrityidol.org मा लग अन गरी SitaKumari Sharma को तलपट्टी लेखेको Vote मा क्लिक गर्ने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com