यति धेरै दुख गरेर हेलिकप्टर बाट खिचिएको रहेछ बिश्वमा नेपाल चिनाउने श्रृङखलाको


प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार

शृंखला खतिवडा ले आफ्नै युटुब बाट सार्बजनिक गरेको परिचयात्मक भिडियो १३ लाख भन्दा बढी हेरिएको छ ।

भिडियो मा उनले गोसाइकुण्ड बौद्ध स्तुपदेखि सगरमाथासम्म लाई समेत देखाएकी थिइन । छोटो भिडियो तर धेरै कुरा समाबेश गर्न सकेको कारण पनि यो भिडियो लाइ धेरै मन पराइएको हो । यो भिडियो तेतिकै लाखौ पटक हेरिएको भने हैन ।

भिडियो मेकिंग गर्दा गरिएको मेहनत र दुखले नै यो सफलता मिलेको हो । युटुबर सुसन बानियाले आफ्नो युटुबमा यो भिडियो निर्माण गर्दाको ब्लग अपलोड गरेका छन् । जहाँ उनीहरु भिडियो मेकिंग मा गरेको महन्त लै सहजै देख्न सकिन्छ ।

सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्।एक सय २१ देशका सुन्दरी सहभागी प्रति योगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन्। मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।समीक्षकहरूले यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्।

उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ।यस्तै, फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुने व्यवस्था मिलाइएको छ ।विश्वका १२२ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । यो समाचार तयार पार्दासम्म १२१ देशका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृंखला अनलाइन भोटिङमा एक नम्बरमा छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com