राष्ट्रपतिलाई १८ करोडको गाडीको सम्बन्धमा सञ्चारमन्त्रीको यस्तो जवाफ


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत् राष्ट्रपतिलाई खरिद गर्न लागिएको गाडीका बिषयमा जवाफ दिनुभएको छ । १८ करोडको गाडी संस्थालाई बलियो बनाउन सरकारले निर्णय लिएको उहाँको दाबी रहेको छ । राष्ट्रपतिलाई विवादमा ल्याइनुपर्ने कुनै कारण नभएको बताउँदै मन्त्री बास्कोटाले सरकारले सबै पक्षको अध्ययन गरी गाडी खरिद प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

पत्रकारहरुलाई जानकारी गराउँदै उहाँले १८ करोड रुपैयाँले १ बुलेट प्रुफ, अगुवा पछुवा र एम्बुलेन्ससहित आधा दर्जन गाडी गरिद गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा आएका टिप्पणीलाई स्मरण गर्दै मन्त्री बास्कोटाले राज्यलाई व्यवस्थित गर्न खोजिएकै बेला गलत आशयमा नलाग्न आग्रह गर्नुभयो । राष्ट्रपति कार्यालयले खरिद गर्न लागेको १८ करोडको गाडीको निकै चर्चा चुलिएको छ ।

एक फरक प्रसंगमा मन्त्री बास्कोटाले सुनसरी घटनाका मृतकका परिवारलाई १० लाख र सरकारले रोजगारीको व्यवस्था गर्ने स्पष्ट पार्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com