नेपाल आईडल भित्रको कालो यथार्थ,प्रतियोगीलाई ऋणको भारी


प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार

नेपाल आईडल सिजन १ का चर्चित प्रतिस्पर्धी सुरज थापाले नेपाल आईडल भित्रको कालो यथार्थ खोलेका छन् ।

नेपाल आईडलमा प्रतिस्पर्धी भएपछि चर्चा पाईन्छ, देश बिदेशमा गीत गाउन र स्टेजमा कार्यक्रम गर्न बाटो खुल्छ, चलचित्र गायन र अन्य क्षेत्रमा मौका मिल्छ त्यो कुरा एकातिर होला तर नेपाल आईडलको यदि तपाई टप टेनसम्म पुग्नु भयो भने तपाईको परिवारलाई ऋण लाग्नेछ ।

पछिल्लो समय झापाका निशान भट्टराईको बाबाले पनि आफूलाई नेपाल आईडलले ऋण लगाएको बताएका थिए । छोरा नेपाल आईडलको टप थ्रिमा पर्दाको समयसम्म ऋण मागी मागी भोट गर्दा बर्षैभरी तिर्न नसकिने ऋण नेपाल आईडलले बोकाएको उनका बुवाले बताए ।

यस्तैमा अर्का प्रतियोगी सुरज थापाले पनि आफ्नो परिवारले अहिलेसम्म नेपाल आईडलको समयमा भोट गर्नका लागि लिएको ऋण तिरिरहेको बताए । त्यसकारण पनि उनको घर बनाउने सपना अधुरै रहेको सुरजको भनाई थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com