दीपिका-रणवीरको बिहेमा यति करोड खर्च, अनुष्कालाई विराटले दिएका थिए ३ करोडको औठी


प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार

तपाईँले विश्वका विभिन्न धनाढ्यहरूको विवाहको खबर त सुन्नु भएको होला तर बलिउडका कलाकारहरूको विवाहको खबर तपाईँले सुनिराख्नु भएको छ भने ती कलाकारले बिहेमा खर्च गरेको जुन रकम हुन्छ त्यो रकमको बारेमा सुनेर तपाईँको होस उड्न सक्छ ।

आजको यस भिडियोमा हामी यसै विषयसँग सम्बन्धित कुराकानी पेश गर्दैछौँ । तपाईँको विचारमा बलिउडका कलाकारले एउटा बिहेमा कति करोड खर्च गर्छन् होला त? हेर्नुस् यस भिडियोमा

बलिउड नायिका दिपिका पादुकोण र नायक रणवीर सिंहले हालै मात्र इटालीमा बिहे गरे । उनीहरूको बिहेको बारेमा तपाईँलाई थाहा भएकै होला । इटालीमा कम आफन्तको सहभागितामा बिहे गरेका यी दुईले बिहेको पार्टी भने भारतमा दिँदैछन् त्यो पनि दुई स्थानमा ।

दिपिका र रणवीरको बिहेमा मिडियालाई पहुँच थिएन तर यो बिहे निकै भड्किलो भएको भारतीय मिडियाहरूले जनाइरहेको छ । १४ र १५ नोभेम्बरमा इटालीको लेक कोमो स्थित एक भिल्लामा वैवाहिक समारोह भएको थियो भने विवाह सकेर रणवीर दिपिका र उनीहरूको परिवार भारत आइसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com